भारतमा राष्ट्रिय डिजिटल संचार नीति पारित, दूरसंचार क्षेत्रमा २०२२ भित्र १०० अर्ब डलर लगानी गर्ने योजना

Technology Khabar ११ आश्विन २०७५, बिहीबार

भारतमा राष्ट्रिय डिजिटल संचार नीति पारित, दूरसंचार क्षेत्रमा २०२२ भित्र १०० अर्ब डलर लगानी गर्ने योजना

काठमाडौं ।

काठमाडौँ । भारतले आगामी ४ वर्षभित्र दुरसंचार क्षेत्रमा १०० अर्ब डलर लगानी आकर्षित गर्नेगरि नयाँ दूरसंचार नीति पारित गरेको छ ।

भारतको केन्द्र सरकारले बुधबार राष्ट्रिय डिजिटल संचार नीति(एनडीसीपी) २०१८ पारित गर्दै सन् २०२२ समम १०० अर्ब डलर लगानीका साथै ४० लाख नयाँ रोजगारी सिर्जनाको अवसर हुने बताएको छ ।

नयाँ नीतिमा प्रत्येक भारतीय नागरिकलाई छ वर्षमा ५० एमबीपीएस ब्रोडब्याण्ड कनेक्टिभिटी उपलब्ध गराउने उल्लेख छ ।

भारतीय दूरसंचार मन्त्री मनोज सिन्हाले गएको तीन सालमा दूरसंचार क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी पाँच गुणाले बढेर ६.२ अर्ब डलर भएको जानकारी दिए ।

उनले विशेषगरि ५जी, इन्टरनेट अफ थिंग्स र मशीन टु मशीन लर्निंग आदि क्षेत्रमा तिब्र प्रगति भईरहेको हुँदा यो समय उपभोक्ताहरुमा केन्द्रित एप्लिकेशन नीति ल्याउनुपर्ने जरुरी रहेको बताए ।

easy care

प्रकाशित: ११ आश्विन २०७५, बिहीबार

ताजा समाचार