भीभो भी ११ प्रो र भी ११ स्मार्टफोन नेपालमा आउँदै, प्रि-बुकिङ शुरु, यस्तो छ दूबै फोनको फीचर

Technology Khabar २१ भाद्र २०७५, बिहीबार

भीभो भी ११ प्रो र भी ११ स्मार्टफोन नेपालमा आउँदै, प्रि-बुकिङ शुरु, यस्तो छ दूबै फोनको फीचर

काठमाडौं ।

काठमाडौं । भीभोले नेपाली बजारमा नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आगामी साता नेपालमा नयाँ स्मार्टफोन भीभो भी ११ (Vivo V11)र भी ११ प्रो (Vivo V11 Pro) सार्वजनिक गर्दैछ ।

हाल कम्पनीले दुबै स्मार्टफोनहरुको प्रि-बुकिंग शुरु गरिसकेको छ । कम्पनीकाअनुसार मोबाइल स्टोरहरुमा गएर नयाँ फोन प्रि-बुक गर्न सकिनेछ ।तर प्रि-बुक गर्नेहरुका लागि कुनै अफर भने राखिएको छैन् ।

कम्पनीले बजारमा आगामी साता सेप्टेम्बर ९ र १० तारिखमध्ये कुनै एक मितीमा भी ११ तथा भी ११ प्रो स्मार्टफोन नेपालमा लन्च गर्नसक्ने तयारी गरेको छ ।

भी ११ प्रो स्मार्टफोन (Vivo V11 Pro)

सो स्मार्टफोनमध्ये भी ११ प्रो स्मार्टफोनमा ६.४१ इन्चको फूलएचडी सूपर एमोलेड डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन २३४०ह१०८० पिक्सेल छ ।

फोनमा १.९५ गीगाहर्जको क्वालकम स्न्यापड्रागन ६६० एआईई अक्टाकोर प्रोसेसर छ भने ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज राखिएको छ । ट्रिपल कार्ड स्लट रहको फोनको स्टोरेजलाई बढाउन सकिन्छ ।

फोटोका लागि भी ११ प्रो स्मार्टफोनमा १२ प्लस ५ मेगापिक्सेलको रियर क्यामरा छ भने सेल्फीका लागि २५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

फोनमा पावरका लागि ३४०० एमएएचको ब्याट्री प्याक छ जसलाई ड्यूल इन्जिन फास्ट चार्जिंग टेक्नोलोजी प्रयोग गरिएको छ ।
यसमा ड्यूल ब्याण्ड वाईफाई, ब्लूटूथ ५.०, यूएसबी २.०, जीपीएस, ओटिजीलगायतका फीचरहरु छन् ।

यो स्मार्टफोन एन्ड्रोयडमा ८.१ मा आधारित फनटच ४.५ मा संचालन हुन्छ । यसमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर राखिएको छ ।

भी ११ स्मार्टफोन (Vivo V11)

त्यस्तै भी ११ स्मार्टफोनमा ६.३ इन्चको फूलएचडी प्लस डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन २२८०x१०८० छ । फोनमा २.० गीगाहर्जको १२ नानोमिटर हेलियो पी ६० अक्टाकोर प्रोसेसर छ ।

फोटोका लागि १६ प्लस ५ मेगापिक्सेलको ड्यूल रियर क्यामरा छ भने सेल्फीका लागि २५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ ।

फोनमा ४ जीबीको र्याम तथा १२८ जीबीको स्टोरेज रहेकोछ । ट्रिपल कार्ड स्लट भएको स्मार्टफोनको स्टोरेज बढाएर २५६ सम्म पुर्याउन सकिन्छ ।

फोनमा पावरका लागि ३३१० एमएएचको ब्याट्री प्याक छ जसलाई फास्ट चार्जिंग टेक्नोलोजी प्रयोग गरिएको छ ।

यसमा ड्यूल ब्याण्ड वाईफाई, ब्लूटूथ ५.०, यूएसबी २.०, जीपीएस, ओटिजीलगायतका फीचरहरु छन् ।

यो स्मार्टफोन एन्ड्रोयडमा ८.१ मा आधारित फनटच ४.५ मा संचालन हुन्छ ।

कति पर्छ नेपालमा ?

कम्पनीले आगामी साता नेपाली बजारमा सार्वजनिक गर्न लागेको यो स्मार्टफोन भारतीय बजारमा भने बिहिबार सार्वजनिक भएको छ ।

नेपाली बजारमा यो स्मार्टफोनको मूल्य कति राख्ने भन्ने स्पष्ट भईसकेको छैन् । तर कम्पनी स्रोतकाअनुसार भी ११ को मूल्य ३९ हजारको हाराहारीमा हुनेछ भने भी ११ प्रोको मूल्य ४८ हजारको हाराहारीमा हुनसक्नेछ ।

easy care

प्रकाशित: २१ भाद्र २०७५, बिहीबार