नूबियाको फ्ल्यागशिप स्मार्टफोन नूबिया जेड १८ सार्वजनिक

Technology Khabar २० भाद्र २०७५, बुधबार

नूबियाको फ्ल्यागशिप स्मार्टफोन नूबिया जेड १८ सार्वजनिक

काठमाडौं ।

काठमाडौं । जेडटिईको सब ब्राण्ड नूबियाले नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले चीनमा बुधवार नूबिया जेड १८(Nubia Z18) स्मार्टफोन लन्च गरेको हो । यो स्मार्टफोन सेप्टेम्बर ११ देखि बिक्रीका लागि उपलब्ध हुनेछ ।

नूयिबा जेड १८ मा ६ इन्चको फुल एचडी प्लस इन्फिनाइन वाटरड्रप डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन २१८०x१०८० पिक्सेल छ । नूयिबा जे १८ मा स्न्यापड्रागन ८४५ अक्टाकोर प्रोसेसर राखिएको छ भने फोनमा ८ जीबी र्याम तथा १२८ जीबी स्टोरेज राखिएको छ ।

फोनमा फोटोका लागि इभोल्यूशन टेन्सोर टेक्नोलोजीका साथ लन्च गरेको छ । फोनमा आर्टिफिशिल इन्टेलीजेन्समा आधारित ड्यूल क्यामरा सेटअप रहेको छ । फोनमा १६ प्लस २४ मेगापिक्सेलको रियर क्यामरा छ भने सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ ।

फोनमा पावरका लागि ३४५० एमएएचको ब्याट्री प्याक राखिएको छ भने नियो पावर ३.० स्मार्ट पावर सेभिंग टेक्नोलोजी पनि उपलब्ध छ ।

एन्ड्रोयड ओरियो वेस्ड नूयिबा यूआई ६.० मा आधारित यो स्मार्टफोनमा नियोचार्ज २.५ फास्ट चार्जिंग टेक्नोलोजी प्रयोग गरिएको छ ।

नूबिया जेड १८ डीप डार्क नाइट तथा रेड कलर अप्सनमा आउँछ । यो स्मार्टफोनको मूल्य चीनमा ६ जीबी र्याम अप्सनको २,७९९ यूआन अर्थात करिब ४०९ अमेरिकी डलर तथा ८ जीबी र्याम अप्सनको मूल्य ३,२९९ यूआन अर्थात ४८२ अमेरिकी डलर तोकिएको छ ।

नूबियाले जेड १८ को भ्यान गोथ स्टेरी नाइट कलेक्टर्स एडिशन पनि सार्वजनिक गरेको छ । नूबिया जेड १८ स्मार्टफोन अन्य बजारमा कहिले आउँछ भन्ने केहि जानकारी छैन् ।

easy care

प्रकाशित: २० भाद्र २०७५, बुधबार