सामसंग ग्यालेक्सी ट्याब एस फोर सार्वजनिक, डेक्स र एस पेनका साथमा उपलब्ध

Technology Khabar १७ श्रावण २०७५, बिहीबार

सामसंग ग्यालेक्सी ट्याब एस फोर सार्वजनिक, डेक्स र एस पेनका साथमा उपलब्ध

काठमाडौं ।

काठमाडौं । सामसंगले आफ्नो नयाँ ट्याबलेट ग्यालेक्सी ट्याब एस फोर सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको यो ट्याबलेट हाइब्रिड हो जून ल्यापटप तथा ट्याबको रुपमा प्रयोग गर्न सकिन्छ ।

ग्यालेक्सी ट्याब एस फोर (Galaxy Tab S4) यसअघिको ग्यालेक्सी ट्याब एस थ्रीको अपग्रेड भर्सन हो ।

सामसंगको ग्यालेक्सी ट्याब एस फोरमा १०.५ इन्चको सूपर एमोलेड डिस्प्ले राखिएको छ, जसको पिक्चर रिजोल्यूशन २५६०X१६०० पिक्सेलको क्वाड एचडी रहेको छ । यसमा १६ः१० को एस्पेक्ट रेसियो दिईएको छ । ट्याबमा स्न्यापड्रागन ८३५ प्रोसेसर राखिएको छ भने ट्याबमा एकेजीको अडियो सिस्टम राखिएको छ ।

यो ट्याबमा ४ जीबी र्याम तथा ६४ जीबी आन्तरिक स्टोरेज रहेको छ । ग्यालेक्सी ट्याब एस फोर एन्ड्रोयड ८.१ ओरियो भर्सनमा आधारित छ । यसमा ७,३०० एमएएचको ब्याट्री उपलब्ध छ । फोटोका लागि ट्याबमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

ट्याबमा माईक्रोसफ्टको वर्ड, एक्सेल र पावरप्वाइन्ट राखिएको छ । ट्याबमा टाइपका लागि बुक कभर की बोर्ड अतरिक्त प्रयोग गर्न सकिन्छ जून म्याग्नेट र पोगो पिनहरुमार्फत जोड्न सकिन्छ ।

यसका साथै ग्यालेक्सी ट्याब एस फोरमा डेक्स (DeX) डकको सुविधा पनि छ ।

यो ट्याबलेट सामसंगको नयाँ एस पेन (S pen) का साथमा उपलब्ध हुनेछ ।

सामसंगको ग्यालेक्सी ट्याब एस फोर वाईफाई भर्सन र एलटिई भर्सन दुबैमा उपलब्ध हुनेछ । वाईफाई ६४ जीबी भर्सन अमेरिकी बजारमा ६५० डलरमा उपलब्ध हुनेछ भने वाईफाई २५६ जीबीको मूल्य ७५० अमेरिकी डलर छ । त्यस्तै एलटिई भर्सनको यूरोपेली बजार मूल्य ७६० यूरो तोकिएको छ ।

सामसंगको ग्यालेक्सी ट्याब एस फोर बजारमा अगस्ट २४ देखि उपलब्ध हुनेछ ।

ग्यालेक्सी ट्याब एस फोर संभवत नेपाली बजारमा पनि आउने छ । यसअघिको ग्यालेक्सी ट्याब एस थ्री नेपाली बजारमा उपलब्ध भएको हुँदा यो ट्याब पनि आउन सक्नेछ ।

easy care

प्रकाशित: १७ श्रावण २०७५, बिहीबार