स्मार्टफोनका लागि सोनीले बनायो विश्वको पहिलो ४८ मेगापिक्सेलको सेन्सर

Technology Khabar ८ श्रावण २०७५, मंगलवार

स्मार्टफोनका लागि सोनीले बनायो विश्वको पहिलो ४८ मेगापिक्सेलको सेन्सर

काठमाडौं ।

काठमाडौं । टेक कम्पनी सोनीले विश्वको पहिलो ४८ मेगापिक्सेलको सेन्सर सार्वजनिक गरेको छ । कम्पनीले सोमबार टोकियोमा नयाँ उच्च क्षमताको सेन्सर प्रयोग गरेको हो जुन बजारमा यहि सेप्टेम्बरमा उपलब्ध हुनेछ ।

यो सेन्सर सबैभन्दा पहिलो सोनीको डिभाइसहरुमा प्रयोग हुने अनुमान गरिएको छ।

कम्पनीकाअनुसार स्टेक्ड सीमोस इमेज सेन्सर आईएमएक्स५८६ (IMX586) मा ४८ मेगापिक्सेल छ र यी पिक्सेलहरुको आकार ०.८ माइक्रोन पिक्सेल छ ।

सोनीको नयाँ सेन्सर ४८ मेगापिक्सेलको साथमा छ जसले गर्दा यसबाट सुन्दर, हाई रेजोल्यूशनको तस्वीर स्मार्टफोनबाट खिच्न सकिने कम्पनीले उल्लेख गरेकोछ ।

हाल बजारमा सबैभन्दा अधिक रेजोल्यूशन भएको क्यामरा सेन्सर ४० मेगापिक्सेलको छ, जून ह्वावेको पी २० प्रो र नोकिया लुमिया १०२० मा प्रयोग गरिएको छ ।

सोनीको ४८ मेगापिक्सेलको सेन्सर युक्त स्मार्टफोन सन् २०१९ मा मात्र हेर्न पाईनेछ ।

easy care

प्रकाशित: ८ श्रावण २०७५, मंगलवार