ओपोको वायरलेस ब्लूटूथ हेडफोन, भ्वाइस ट्रान्सलेसनको सुविधा

Technology Khabar १७ असार २०७५, आईतवार

ओपोको वायरलेस ब्लूटूथ हेडफोन, भ्वाइस ट्रान्सलेसनको सुविधा

काठमाडौं ।

काठमाडौं । चिनियाँ कम्पनी ओपोले वायरलेस ब्लूटूथ हेडसेटको घोषणा गरेको छ । कम्पनीले यसलाई ओपो ओ-फ्री (Oppo O-Free) नाममा बजारमा ल्याएको हो ।

ओपो ओ-फ्री हेडसेट हाल चीनमा मात्र उपलब्ध हुने बताईएको छ । जहाँ यसको मूल्य ६९९ यूआन तोकिएको छ । अगस्तबाट मात्र उपलब्ध हुने यो हेडसेट त्यसपछि मात्र अनय बजारमा उपलब्ध हुनेछ ।

यो हेडसेट लाइट डिजाइनमा छ भने यसमा राखिएको प्रविधिले गर्दा यो आफैं स्मार्टफोनमा कनेक्ट हुन्छ ।

ओपो ओ-फ्री हेडसेटमा क्वालकम क्यूसीसी ३०२६ चीपसेट प्रयोग गरिएकोछ । सिंगल चार्जमा यो वायरलेस हेडसेट ४ घण्टासम्म निरन्तर संचालन हुनेछ भने यसमा लो ब्याट्री खपतको लागि मोड फीचर उपलब्ध छ ।

यी हेडसेटहरु ब्ल्याक विथ कपर ब्लू र ब्ल्याक विथ ब्रोडक्स रेड एसेन्ट कलर अप्सनमा आउनेछ ।

यी हेडसेटहरुको मूल्य विशेषता भनेको यसमा भएको भ्वाइस ट्रान्सलेसन सपोर्ट हो जसले गूगलको पिक्सेल बड्सको जस्तै भाषा ट्रान्सलेषन गर्दछ, तर कुन कुन भाषा भन्ने उल्लेख छैन् ।

यो वायरलेस हेडफोन ओपो फाइण्ड ल्याम्बोर्गिनी एडिसनसँग बंडलिङ हुनेछ भने छुट्टै समेत किन्न पाईनेछ ।

easy care

प्रकाशित: १७ असार २०७५, आईतवार

ताजा समाचार