फेसबुकमा १.४ करोड यूजरको प्राइभेट डाटा लीक, तपाईँको पनि पर्यो ? यस्तो छ समाधान उपाय

Technology Khabar २५ जेष्ठ २०७५, शुक्रबार

फेसबुकमा १.४ करोड यूजरको प्राइभेट डाटा लीक, तपाईँको पनि पर्यो ? यस्तो छ समाधान उपाय

काठमाडौं ।

काठमाडौं । फेसबुकका लागि यो वर्ष निकै कठिन हुने देखिएको छ । यो वर्ष फेसबुकलाई यूजर डाटा विभिन्न कम्पनीहरुसँग बाँडेको आरोप पटक पटक लागिरहेको छ । कम्पनीले फेरी यूजरको व्यक्तिगत डाटा लीक भएको सार्वजनिक गरेको छ ।

फेसबुकले विश्वभरका १.४ करोड प्रयोगकर्ताहरु जसले आफ्नो व्यक्तिगत पोस्ट सिमितरुपमा शेयर गरेका थिए उनीहरुको बिबरण सार्वजनिकहरुमा बाहिर आएको जानकारी दिएको छ ।

फेसबुककाअनुसार कुनै प्राइभेट ग्रुप वा साथीभाईसँग मात्र शेयर गरेको गोप्य वा व्यक्तिगत बिवरणहरु पब्लिक शेयरीङ्ग भएको हो ।
यूजर्सलाई यो विषयको कुनै जानकारी दिईएको छैन की उनीहरुको प्राइभेट पोष्ट पब्लिक भएको छ । यसबारेमा फेसबुकले यहि बिहिबार आफैं खुलासा गरेको हो । कम्पनीले एउटा बग(प्राविधिक कारणले) गर्दा सुरक्षामा समस्या आउँदा यस्तो भएको उल्लेख गरेको छ ।

कसरी यो समस्या आयो

फेसबुककाअनुसार एउटा बगले दूर्घटनाबस प्राइभेट सेटिंगमा परिवर्तन गराईदिएको छ जसले गर्दा प्राइभेट पोष्टहरु पनि पब्लिक हुन गए । फेसबुकमा यूजर्सलाई ‘अडियन्स सेलेक्टर’ टूल दिईएको हुन्छ जसको सहयोगबाट उनीहरुले यो भन्ने छन कि उनीहरुको पोष्ट साथीभाईहरु, वा कुनै निश्चित ग्रुप वा केहि मानिसहको बिचमा मात्र सेयर गर्न सकिन्छ ।

तर एउटा बगका कारण १८ मईदेखि २७ मईसम्म केहि फेसबुक प्रयोगकर्ताहरुले आफैंले प्राइभेट वा निश्चित ग्रुपमा सेयर गरेको जानकारीहरु स्वचालितरुपमा यूजरको अनुमति नलिई नै पब्लिक भएको हो । अडियन्स सेटिंग यूजरलाई जानकारी नभई नै परिवर्तन भएको हो ।

फेसबुकका चीफ प्राइभेसी अफिसर एरिन एगेनले भने, ‘हामीले यो बगको समस्या समाधा गरेका छौं । बिहिबारदेखि सबै प्रभावित प्रयोगकर्ताहरुलाई यसको जानकारी दिईरहेका छौं जसको फेसबुक पोष्ट यो बगका कारण प्रभावित भएको छ । उनीहरुलाई आफ्नो पोष्टहरु रिभ्यू गर्ने विकल्पको बारेमा पनि अप्सन दिएका छौं । हामी यो गल्तीको लागि माफी माग्दछौं ।’

फेसबुकले प्रयोगकर्ताको प्रोफाइमा फीचर आईटम सिर्जनागर्न लागिरहेको बेलामा यो समस्या देखिएको थियो । फीचर अप्सनले तपाईँको फोटोहरु तथा अन्य कन्टेन्टलाई हाईलाईट गर्दछ ।

क्याम्ब्रिज एनालिटिका डाटा स्क्याम र न्यूयोर्क टाइम्सद्धारा डाटा सेयरिंगको खुलासापछि फेसबुकले पहिलो पटक यस्तो गल्ती भएको सार्वजनिकरुपमा स्वीकार गरेको हो । श्रृंखलाबद्धरुपमा डाटा सेयरिंगको घट्ना सार्वजनिक हुँदै आएपछि कम्पनीले बगको बारेमा प्रयोगकर्तालाई जानकारी दिएको हो ।

कसरी गर्ने समाधान

यो समस्या हाल समाधान भईसकेको छ भने यस्तो समस्या भोगेका प्रयोगकर्ताहरुले प्राइभेसी सेटिंगमा गएर आफ्नो सेटिंग चेक गर्न सक्ने बताईएको छ ।

फेसबुकले नै यस्तो समस्या भोगेका प्रयोगकर्ताहरुलाई नोटिफिकेसन पठाएर डाटा सेक्यूरिटी सेटिंग हेर्न आग्रह गरेको छ भने तपाईँको प्राइभेट पोष्ट सार्वजनिक भएको भए त्यसलाई रिभ्यू गर्ने अप्सन पनि दिएको छ ।

माध्यम

easy care

प्रकाशित: २५ जेष्ठ २०७५, शुक्रबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार