वनप्लस सिक्स नेपाली बजारमा भित्रियो, फोनको मूल्य भने निकै महंगो

Technology Khabar १५ जेष्ठ २०७५, मंगलवार

वनप्लस सिक्स नेपाली बजारमा भित्रियो, फोनको मूल्य भने निकै महंगो

काठमाडौं ।

काठमाडौं । वनप्लसले नेपाली बजारमा वनप्लस सिक्स (OnePlus 6) भित्र्याएको छ । सो फोन नेपाली बजारमा यहि जेठ ११ गतेदेखि बिक्रीका लागि उपलब्ध भईसकेको छ ।

नेपालमा वनप्लस आइहब नेपाल प्रालिले बिक्री बितरण गर्ने गर्दछ । सो फोन नेपालका प्रमुख स्टोरहरुमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । अफलाईनमा सबै स्टोरहरुमा छ भने अनलाइनमा ओलीज स्टोरले बिक्री गरिरहेको छ ।

नेपाली बजारमा हाल वनप्लस सिक्सको ६ जीबी र्याम र ६४ जीबी स्टोरेजको भेरिएन्ट मात्र उपलब्ध रहेको छ । नेपाली बजारमा यो स्मार्टफोन ७१ हजार रुपैयाँमा किन्न सकिने कम्पनीको भनाई छ ।

नेपाली बजारमा अन्य बजारमा भन्दा निकै महंगो मूल्यमा वनप्लस सिक्स कम्पनीले बजारमा ल्याएको छ ।

नेपाली बजारमा तोकिएको मुल्य छिमेकी भारतीय बजारको भन्दा करिब १५ हजार रुपैयाँले अत्यधिक रहेकोछ । छिमेक मुलुकमा वनप्लस सिक्सको मूल्य ३४,९९९/- भारु रहेको छ । यसले नेपाली बजारमा बिक्री हुने वनप्लस सिक्समा कम्पनीले अत्यधिक नाफा राखेर बिक्री गरिरहेको त होईन ? भन्ने अाश‌ंका उब्जिएको छ।

तर आइहब नेपालका निर्देशक तथा ओलीज स्टोरका संचालक लोकेश ओलीले निरन्तर अमेरिकी डलरको रेट बढ्दा मूल्य अत्यधिक बढेको दाबी गरे ।

‘हामीले फोन आयात गर्दा डलरको मूल्य निकै बढ्यो, जसले गर्दा फोनको मूल्य समेत बढेको हो, हामीलाई पनि यो मूल्य अत्यधिक भयो भन्ने लागेको छ,’ ओलीले मोबाइल्सखबरसँग भने । उनकाअनुसार वनप्लस सिक्सको मूल्य डलरको मूल्य घटेसँग आगामी दिनहरुमा घट्न सक्नेछ ।

नेपालमा वनप्लस सिक्स फोनको मूल्य निकै महंगो हुँदा यसले भारतबाट तस्करी गरेर वनप्लस सिक्स नेपाली बजारमा अाउने सक्ने आशंका रहेको छ। जसले अन्तत सरकारको राजस्व र कम्पनीको बिक्रीमा असर पुग्नेछ।

पछिल्लो दिनहरुमा नेपाली रुपैयाँ डलरसँग निरन्तर अवमूल्यन हुँदै आजको दिनसम्म १०८ रुपैयाँ पुगेको छ।

हाल एउटा भेरिएन्ट मात्र नेपालमा आएको भएपनि आगामी १० दिनभित्र कम्पनीले ११८ जीबी स्टोरेज तथा ८ जीबी र्याम र २५६ जीबी भेरिएन्ट पनि ल्याउने तयारी गरेको जानकारी दिएको छ ।

 

easy care

प्रकाशित: १५ जेष्ठ २०७५, मंगलवार

ताजा समाचार