सरकारले स्थानिय तहसम्म सूचना महामार्ग बनाउने, नागरिक मोबाइल एप प्रयोगमा ल्याउने

Technology Khabar ७ जेष्ठ २०७५, सोमबार

सरकारले स्थानिय तहसम्म सूचना महामार्ग बनाउने, नागरिक मोबाइल एप प्रयोगमा ल्याउने

काठमाडौं ।

काठमाडौं । सरकारले सबै नागरिकलाई सूचना प्रविधिको संजालमा जोड्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सबै नागरिकमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्ने स्पष्ट पारेकोछ ।

सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा देशभर स्थानिय तहसम्म सूचना महामार्ग बनाउने र सार्वजनिक, सरकारी, व्यवसायीक क्षेत्रहरु, अभिलेख तथा वित्तिय कारोबारलाई विद्युतीय सूचना प्रविधिमा आधारित बनाउने उल्लेख छ ।

त्यसैगरि सरकारी सूचना तथा जानकारीहरु डिजिटल माध्यमबाट प्राप्त गर्न सकिने गरि नीति बनाउने छ ।

‘डिजिटलमाध्यमबाट सरकारी सेवा प्राप्त गर्नसक्ने व्यवस्था गरिनेछ,’ राष्ट्रपति भण्डारीले संसदमा सम्बोधन गर्दै भनिन् ।

त्यस्तै आगामी आवमा सरकारी सेवाको जानकारी लिन र गुनासो  तथा सुझाबहरु पठाउनका लागि नागरिक मोबाइल एप प्रयोगमा ल्याउने सरकारी योजना रहेको छ ।

‘सरकारी सेवाको सहज जानकारी, गुनासो तथा सुझाबहरु सिधै सम्बन्धित अधिकारीहरु समक्ष पठाउन सकिने गरि नागरिक मोबाइल एप प्रयोगमा ल्याईनेछ,’ उनले भनिन् ।

त्यसैगरि सरकारले प्रत्येक नागरिकलाई बायोमेट्रिक प्रणालीमा आधारित विशेष राष्ट्रिय परिचय पत्र दिने भएको छ ।

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा समेत सूचना प्रविधिको पहुँच पुर्याउने गरि सरकारले विद्यालयमा उच्चगतिको इन्टरनेट सेवा दिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसैगरि भच्र्यूृअल सिकाई र स्वास्थ्य क्षेत्रमा पनि सूचना प्रविधिको प्रयोग गरिनेछ ।

नीति तथा कार्यक्रमकाअनुसार अनुमगनमा पनि सूचना प्रविधिको प्रयोग गरिनेछ भने सबै सरकारी निकायहरुलाई सूचना प्रविधिको संजालमा जोडिने उल्लेख छ । सरकारी निकायहरुको मुल्यांकन र परिक्षण समेत आगामी आवमा सोहि माध्यमबाट गरिने सरकारको नीति तथा कार्यक्रममा लेखिएको छ ।

सरकारको नीति तथा कार्यक्रमको भिडियो यहाँ हेर्न सकिन्छ ।

easy care

प्रकाशित: ७ जेष्ठ २०७५, सोमबार

ताजा समाचार

एनसीआईसीके भर्चुअल एक्स्पो, २०२४ सुरु

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार