सामसंग ग्यालेक्सी जे २ प्रो, विद्यार्थीहरुका लागि उपयोगी स्मार्टफोन

Technology Khabar २ बैशाख २०७५, आईतवार

सामसंग ग्यालेक्सी जे २ प्रो, विद्यार्थीहरुका लागि उपयोगी स्मार्टफोन

काठमाडौं ।

काठमाडौं । सामसंगले दक्षिण कोरियाली बजारमा बजेट स्मार्टफोन ग्यालेक्सी जे २ प्रो (Samsung Galaxy J2 Pro) नयाँ फीचरका साथ सार्वजनिक गरेको छ ।

सामसंग ग्यालेक्सी जे २ प्रो स्मार्टफोन डेटा ब्लक फीचरसहित आएको छ, जसले विद्यार्थीहरुले आफ्नो परिक्षाको बेलामा ध्यान केन्द्रित गराउने गरि ल्याईएको बताईएको छ ।

यसअघि भियतनामको बजारमा मात्र उपलब्ध रहेको यो स्मार्टफोन शुक्रबारदेखि कोरियामा सार्वजनिक भएको हो ।

यो स्मार्टफोन विशेषगरि विद्यार्थीहरुको प्रयोगको लागि बनाईएको हो, जसले परिक्षाको समयमा अनावश्यकरुपमा इन्टरनेट प्रयोग गर्नबाट रोक्दछ ।

सामसंगले दाबी गरेको छ की यो हेडसेटको माध्यमबाट विद्यार्थीहरुको परीक्षाको समयमा ध्यान भंग हुनेछैन् । यो स्मार्टफोनमा डिओडिक ४ डिक्शनरी पनि छ जसले बिना डेटा कोरियन तथा अंग्रेजी भाषाको अनुवादको सुविधा दिन्छ ।

दक्षिण कोरियामा सामसंग ग्यालेक्सी जे २ प्रोको मूल्य कोरियन वन १,९९,१०० रहेको छ ।

यो ब्ल्याक तथा गोल्ड कलर अप्सनमा उपलब्ध छ ।

ग्यालेक्सी जे २ प्रो मा ५ इन्चको क्यूएचडी सूपर एमोलेड डिस्प्ले राखिएको छ । फोनमा १.४ गीगाहर्जको क्वाड कोर प्रोसेसर छ भने १.५ जीबी र्याम तथा १६ जीबीको स्टोरेज छ ।

फोनमा रियर क्यामरा ८ मेगापिक्सेलको छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

फोनमा कनेक्टिभिटीका लागि फोरजी एलटीई, वाइफाइ, ब्लूटूथ, जीपीएस, माइक्रो यूएसबी २.० तथा हेडफोन ज्याक राखिएको छ । ग्यालेक्सी जे २ प्रोमा २,६०० एमएएचको ब्याट्री छ ।

easy care

प्रकाशित: २ बैशाख २०७५, आईतवार