एनसेलले ल्यायो ‘सही’ डेटा प्याक, चौबिसै घण्टा ईन्टरनेट, १० गुणा बढि डेटा पार्इने

Technology Khabar २९ चैत्र २०७४, बिहीबार

एनसेलले ल्यायो ‘सही’ डेटा प्याक, चौबिसै घण्टा ईन्टरनेट, १० गुणा बढि डेटा पार्इने

काठमाडौं ।

काठमाडौं । एनसेलले ‘फ्यूलयोर फन’ योजनाअन्तर्गत आफ्ना ग्राहकका लागि अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’ डेटा प्याक ल्याएको छ ।

नयाँ ‘सही’ डेटा प्याकमा ग्राहकले विद्यमान अल टाइम डेटा प्याकभन्दा १० गुणा बढि डेटा प्राप्त गरी थप सुलभ दरमा चौबिसै घण्टा ईन्टरनेटमा पहुँचका साथै बोनस स्वरुप दैनिक एक घण्टा निःशुल्क भिडियो स्ट्रिमिङको मजा लिन सकिने जनाएको छ ।

‘सही’ डेटा प्याक आजै बिहीबारदेखि लागु हुने जनाएको छ ।

यो डेटा योजनाअन्तर्गत एनसेलका ग्राहकले आधा जीबीदेखि १५ जीबीसम्मको १ दिन देखि ३० दिनसम्मको समयावधिका चौबिसै घण्टा चलाउन सकिने अल टाइम डेटा प्याकहरु ३९ रुपैयाँदेखि ७सय ९९ रुपैयाँसम्ममा सुचारु गर्न सक्ने जनाइएको छ ।

ग्राहकले १ दिन समयावधि रहेको आधाजिबिको सही डेटा प्याक कर सहितमात्र ३९ रुपैयाँमा सुचारु गर्न सक्नेछन्, भने तिनदिन समयावधि रहेको १.५ जीबी डेटा कर सहित ९९ रुपैयाँ, सातदिन समयावधि रहेको ३.५ जीबी डेटा कर सहित १ सय ९९ रुपैयाँ र तीस दिन समयावधि रहेको १५ जीबी डेटा कर सहित ७ सय ९९ रुपैयाँ मा सुचारु गर्न सक्नेछन् ।

कम्पनीको अनुसार सही प्याक लिएका ग्राहकले आफूले लिएको प्याक अवधिभर दैनिक एक घण्टा निःशुल्क भिडियो स्ट्रिमिङको मजा लिन सक्नेछन् । योजनाअन्तर्गतको निःशुल्क भिडियो स्ट्रिमिङमा आईफ्लिक्स, युट्युब ,युट्युबगो तथा एनसेलको अरु भिडियो प्लेटफर्म-नेट टिभि, भियुक्लिप, लाइफस्टाइल पोर्टल, फन स्टोर पोर्टल, स्पोर्टस् पोर्टल मा रहेका भिडियो कन्टेन्ट हेर्न सक्नेछन् । ग्राहकले गुगलको सेवा जस्तै प्ले स्टोर, म्याप लगायतका लागि निःशुल्क भिडियो स्ट्रिमिङ सुविधाको प्रयोग गर्न सक्नेछन् ।

‘सही’ डेटा प्याक एनसेलको टुजी, थ्रिजी तथा फोरजी सबै नेटवर्कका लागि मान्य हुने बताइएको छ ।

कसरी लिने सेवा

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी ‘६’ छनोट गरेर आफ्नो आवश्यकता बमोजिमको सही डेटा प्याक लिइ अफरको लाभ लिन सक्ने जनाइएको छ ।

त्यस्तै ग्राहकहरुले एसएमएसबाट तथा एनसेल एपबाट पनि यो सेवा सुचारु गर्न सक्नेछन् ।

एनसेलको सबै नेटवर्कमा चलाउन सकिने डेटा प्याकसँगै एक घण्टाको निःशुल्क भिडियो स्ट्रिमिङ सुविधाले ग्राहकलाई थप मुल्य प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।

सही डेटा प्याकको भोलुम सकिएपछि प्याकको समयावधि भर ‘पे एज यु गो ’ दरअनुसार कर सहित प्रतिएमबी १.१३ रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । यो योजना सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहने एनसेलले जनाएको छ ।

easy care

प्रकाशित: २९ चैत्र २०७४, बिहीबार