माछापुच्छ्रे बैंकद्वारा खाद्य तथा पोषाक वितरण

Technology Khabar १५ चैत्र २०७४, बिहीबार

माछापुच्छ्रे बैंकद्वारा खाद्य तथा पोषाक वितरण

काठमाडौं ।

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा चैत १४ गते निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठ धनगढी–१३, कैलालीमा खाद्य तथा पोषाक वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठका आर्थिक अवस्था कमजोर भएका २७ विद्यार्थीहरुलाई माछापुच्छ्रे बैंकको धनगढी शाखाले कुर्ता, धोती, र टि–सर्ट का साथै कापी, चकटी, चामल, तेल, चिनी तथा फलफूल समेत हस्तान्तरण गरेको जनाएको छ ।

बैंकले ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

easy care

प्रकाशित: १५ चैत्र २०७४, बिहीबार

ताजा समाचार