इन्टेलिजेन्स फर्म ग्रोबाईडेटाको नयाँं शाखा उदघाटन

Technology Khabar १२ बैशाख २०८०, मंगलवार

इन्टेलिजेन्स फर्म ग्रोबाईडेटाको नयाँं शाखा उदघाटन
Global IME Bank

काठमाडौं ।

अमेरिकी राजदूत डीन आर थम्पसनले इन्टेलिजेन्स फर्म ग्रोवाईडेटा नामक संस्थाको नयाँं शाखाको एक समारोहवीच उदघाटन उदघाटन गरेका छन् । बोस्टन र काठमाडौंमा आधारित मार्केटिङ इन्टेलिजेन्स फर्म ग्रोबाईडेटाको नयाँं शाखाको सानेपामा उदघाटन गरिएको हो ।

कार्यक्रममा संस्थाका व्यवस्थापकीय साझेदार प्रसन्न ढुङ्गेलले ग्राहकहरुको वृद्धिका कारण नयाँं शाखा विस्तार गर्नुपरेको बताए। नयाँ भवन विश्वसनीयता बृद्धि गर्न र क्रस–टीम सहकार्यलाई प्रवद्र्धन गर्न डिजाइन गरिएको उनले बताए ।

ग्रोवाईडेटाको नयाँ कार्यालयको उदघाटनले ब्लु–चिप ग्राहकहरूलाई विकसित डिजिटल मिडिया परिदृश्यमा उद्योग–अग्रणी अन्तरदृष्टि प्रदान गर्न इन्जिनियरिङ, ग्राहक सफलता र मार्केटिङमा क्रस–टीम सहयोगको महत्वलाई समर्थन गर्न सहयोग पुग्ने उनको विश्वास छ ।

सन् २०१४ मा ग्रोवाईडेटा नक्सलमा एक कोठाको साझा कार्यालय स्थानबाट भएको थियो । ६ जना सदस्यहरूको टोलीसँग सुरु भएको यो संस्थामा हाल बोस्टन र काठमाडौ कार्यालयहरूबाट काम गर्ने १०० भन्दा बढीको संलग्नता रहेको कार्यक्रममा बताइयो ।

२०१४ मा स्थापित ग्रोवाईडेटाले मार्केटिङ अन्तर्दृष्टि प्रदान गर्न, आवाजको साझेदारी, मूल्य निर्धारण, प्रवर्द्धन, ग्राहक समीक्षा, प्रतिस्पर्धी गतिशीलता र अन्य डिजिटल विशेषताहरूको रिपोर्टिङ सक्षम गर्ने जनाइएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १२ बैशाख २०८०, मंगलवार