एप्पलले भारतमा आइफोनको मूल्य बढायो, नेपालमा पनि बढ्ला मूल्य ?

Technology Khabar ३ पुष २०७४, सोमबार

एप्पलले भारतमा आइफोनको मूल्य बढायो, नेपालमा पनि बढ्ला मूल्य ?

काठमाडौं ।

काठमाडौं, ४ पुस । एप्पलले हालै भारतीय बजारमा आफ्ना सबै फोनहरुको मूल्य बढाएको छ । कम्पनीले भारतीय बजारमा मात्रै बढाएको हो ।
हालै भारत सरकारले मोबाइल ह्याण्डसेटमा भन्सार शुल्क १० बाट बढाएर १५ प्रतिशत पुर्याएपछि भारतमा सबै आइफोनको मूल्य बढेको हो ।

अब भारतमा आइफोन एक्सको ६४ जीबी भेरिएन्टको मूल्य ९२ हजार ४ सय ३० भारु तोकिएको छ, जबकी यसअघि यसको मूल्य भारु ८९ हजार मात्र थियो । त्यस्तै यसको २५६ जीबी संस्करणको मूल्य भारु १ लाख ५ हजार ७ सय २० भएको छ, जसमा करिब ३ हजार भारु बढाईएको छ ।

एप्पलले आइफोन ८ को ६४ जीबीलाई भारु ६६ हजार १२० बाट बढाएर ७५ हजार ४५० पुर्र्याएको छ भने २५६ को आइफोन ८ को मूल्य भारु ७९ हजार ४२० बाट बढेर ८८ हजार ७ सय ५० भारु भएको छ ।

एप्पलले अधिकांश आइफोनको मूल्य बढाएपनि आइफोन एसईको मूल्य भने बढाएको छैन् । सो फोन एप्पले भारतको बेंगलुरुमा नै एसेम्बल गर्ने हुँदा त्यसको मूल्य नबढेको हो ।

तर अन्य आइफोनहरु भने भारतमा पनि आयात हुने हुँदा भन्सार दरमा भएको परिवर्तनले मूल्य बढेको हो ।

एप्पल आइफोनमा मूल्य बढेपछि भारतमा आइफोन किन्ने ग्राहकहरुको संख्या केहि घट्नसक्ने अनुमान गरिएको छ ।

नेपालमा के होला ?

नेपाली बजारमा भारतीय आइफोनमा भएको मूल्यको वृद्धिले खासै कुनै असर पर्दैन् । भारतको सरकारले स्थानिय तहमा उपयोग हुने वस्तुहरुमा मात्र भन्सार लगाउने हुँदा त्यहाँ खपत हुने सामाग्रीहरुमा मात्र अधिक दर लागु हुन्छ ।

नेपालमा भने आइफोन सिधै सिंगापुरबाट आउने र नेपालमा भन्सार दर नबढेको हुँदा कुनै प्रभाव पर्दैन् ।

यसअघि नै नेपाली बजारमा भन्दा भारतीय बजारमा आइफोनको मूल्य बढि रहेकोमा अझै यो मूल्यमा फरक आएको छ । जसले गर्दा भारतीयहरुले नेपाली बजारमा आइफोन किनेर भारत लैजाने संभावना बढ्न सक्दछ ।

नेपाली बजारमा आइफोन एक्स ६४ जीबीको मूल्य १ लाख ३८ हजार रुपैयाँ रहेको छ भने २५६ जीबीको मूल्य १ लाख ५९ हजार तोकिएको छ । त्यस्तै आइफोन ८ ६४ जीबीको मूल्य ९८ हजार ५ सय तोकिएको छ भने आइफोन ८ २५६ जीबीको मूल्य १ लाख १९ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

easy care

प्रकाशित: ३ पुष २०७४, सोमबार

ताजा समाचार