एप्पलको नयाँ आइफोनहरुमा अधिक क्षमताका ब्याट्री राखिने

Technology Khabar २२ मंसिर २०७४, शुक्रबार

एप्पलको नयाँ आइफोनहरुमा अधिक क्षमताका ब्याट्री राखिने

काठमाडौं ।

काठमाडौं, २२ मंसिर । एप्पलले सन् २०१८ मा आउने आइफोनमा शक्तिशाली ब्याट्री प्रयोग गर्ने योजना राखेको छ । कम्पनीले आगामी वर्ष ल्याउने आइफोनको ब्याट्री एल आकारमा हुने आइफोनको बारेमा जानकारी बाहिर ल्याउने केजीआई सेक्यूरिटीजका मिंग ची कुओले उल्लेख गरेका छन् ।

उनकाअनुसार ६.५ इन्च र ५.८ इन्चको नयाँ आइफोनमा ओएलइडी डिस्प्ले प्रयोग गरिने छ भने दुबै फोनमा एस आकारको ब्याट्री डिजाइन प्रयोग हुनेछ । यस्तो ब्याट्री अहिलेको भन्दा सुधारिएको क्षमतामा हुने बताईएको छ ।

हाल एप्पलको आइफोन एक्समा यस्तो एल आकारको ब्याट्री प्रयोग गरिएको छ । आइफोन एक्समा २,७१६ एमएएचको ब्याट्री राखिएको छ ।

र कम्पनीले हालको भन्दा पनि शक्तिशाली ब्याट्री प्रयोग गर्ने छ ।केजीआईका अनुसार ५.८ इन्चको आइफोनमा कम्पनीले २,९०० एमएएचदेखि ३,००० एमएएचको ब्याट्री प्रयोग गर्ने अनुमान छ ।

हाल आइफोन प्रयोगकर्ताहरुका लागि ब्याट्री चार्ज गरिरहनुपर्ने मुख्य समस्या र झन्झटको रुपमा रहेको छ ।

केजीआईकाअनुसार एप्पलले सन्२०१८ मा तीन वटा नयाँ आइफोन ल्याउने छ जसमा दुईवटा ओएलईडी मोडल हुनेछ भने एउटा एलसिडी मोडलको आइफोन हुनेछ । यी डिभाइसहरुमा प्रि फाइभजी टेक्नोलोजी र फेस आईडी प्रयोग गरिनेछ ।

माध्यम

easy care

प्रकाशित: २२ मंसिर २०७४, शुक्रबार

ताजा समाचार