यस्तो छ सामसङको ११ लाख रुपैयाँ पर्ने ३६० डिग्री भिआर क्यामरा

Technology Khabar ६ कार्तिक २०७४, सोमबार

यस्तो छ सामसङको ११ लाख रुपैयाँ पर्ने ३६० डिग्री भिआर क्यामरा

काठमाडौं ।

काठमाडौं, ६ कात्तिक । कोरियन टेक्नोलोजी कम्पनी सामसङले हालै नयाँ ३६० डिग्री क्यामरा सार्वजनिक गरेको छ । यसअघि पनि सामसङले यस्तो प्रकारको क्यामरा ल्याएको थियो तर यो केहि फरक छ ।

यो नयाँ३६० डिग्री भच्र्यूअल रियालिटी क्यामरा हेर्दा निकै आकर्षक छ भने कुनै यूएफओ वस्तु जस्तो देखिन्छ ।

यो ३६० राउण्ड क्यामरामा १७ वटा लेन्स प्रयोग गरिएको छ । यो क्यामरामा प्रयोग भएको लेन्स वाटर एण्ड डस्ट रेसिस्टेन्ट छ, जसले गर्दा पानी परेको बेलामा पनि आउटडोर शुटिंग गर्न सहज हुन्छ ।

डिस्क शेप भएको यो क्यामरामा २ मेगापिक्सेलको १७ वटा क्यामरा प्रयोग गरिएको छ । यसका साथै यसमा ६ वटा माइक्रोफोन प्रयोग गरिएको छ । यसका साथै यसमा दुईवटा माईक पोर्ट पनि छ जसले ३डी भच्र्युअल रियालिटी भिडियोहरु बनाउन सकिन्छ ।

यो क्यामराले ३० फ्रेम प्रति सेकेण्डको दरले फोरके भिडियो रेकर्ड गर्न सक्दछ । तर यसको लागि उच्चतहको कम्प्यूटर आवश्यक पर्नेछ ।

सामसङको यो विशेष क्यामरामा २ टिबीको एसएसडी सपोर्ट हुन्छ भने यसका साथै यसमा १० जीबीको र्याम र ४० जीबीको आन्तरिक मेमोरी पनि राखिएको छ ।

हाल अमेरिकी बजारमा मात्र उपलब्ध यो ३६० डिग्री भच्र्युअल रियालिटी क्यामराको मूल्य १० हजार ५०० अमेरिकी डलर अर्थात करिब १० लाख ९२ हजार रुपैयाँ तोकिएको छ । यो क्यामरा यहि महिनादेखि बजारमा उपलब्ध हुनेछ ।

easy care

प्रकाशित: ६ कार्तिक २०७४, सोमबार