सामसंगको इन्ट्रि लेभलको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी जे टू २०१७’

Technology Khabar ३० आश्विन २०७४, सोमबार

सामसंगको इन्ट्रि लेभलको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी जे टू २०१७’

काठमाडौं ।

काठमाडौं, ३० असोज । सामसंगले नयाँ इन्ट्रि लेभलको स्मार्टफोन औपचारिकरुपमा सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी जे टू (Galaxy J2 2017) को २०१७ संस्करण भारतीय बजारमा सार्वजनिक गरेको हो ।

सामसंग ग्यालेक्सी जे टू २०१७ मा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर प्रयोग गरिएको छ । फोनको डिस्प्ले ४.७ इन्चको एमोलेड छ भने १ जीबी र्याम र ८ जीबी आन्तरिक स्टोरेज रहेको छ ।

फोनमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । सो फोनमा २,००० एमएएचको ब्याट्री प्याक छ भने फोनमा ड्यूल सिम सर्पोट, फोरजीका साथमा अल्ट्रा डाटा सेभिंग मोड राखिएको छ ।

ग्यालेक्सी जे टू २०१७ हाल ब्ल्याक र गोल्ड कलर अप्सनमा मात्र उपलब्धछ । भारतमा पहिलो पटक सार्वजनिक गरिएको यो इन्ट्रि लेभलको स्मार्टफोनको मूल्य भारु ७,३९० अर्थात ११ हजार ८ सय २४ रुपैयाँ तोकिएको छ ।

यो स्मार्टफोन हाल नेपालमा उपलब्ध नभएपनि छिटै भित्रने तयारीमा रहेको नेपालको सामसंग कम्पनी आबद्ध स्रोतले जानकारी दिएको छ ।

माध्यम

easy care

प्रकाशित: ३० आश्विन २०७४, सोमबार

ताजा समाचार