बजाज आरइ – स्वरोजगार र्याली

Technology Khabar २२ आश्विन २०७४, आईतवार

बजाज आरइ – स्वरोजगार र्याली

काठमाडौं ।

काठमाडौं, २२ असोज । बजाज थ्री ह्विलर्स बजाज आरइको एक मात्र आधिकारिक बितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज आरइ स्वरोजगार र्याली आयोजना गरेको छ । यो र्यालीको मुख्य नारा स्वरोजगारी मै समझदारी रहेको थियो ।

सो र्यालीमा २० वटा बजाज आरइको सहभागिता रहेको थियो । अभियानले पूर्व पश्चिम राजमार्गमा २५ दिनसम्म यात्रा गर्नेछन्, करिब १०२७ किलोमिटरको यात्रा बिर्तामोडबाट शुरु भएको छ जून महेन्द्रनगरमा सम्पन्न हुने कम्पनीले जनाएको छ ।

स्थानीय डिलरहरु पनि यो कार्यक्रममा समावेश रहेका थिए । अभियानमा नेपाली लोकप्रिय कलाकारहरु प्रश्ना शाक्य र विश्व नेपालीले विभिन्न नेपाली गीतहरु गाएर स्थानीय बासिन्दाहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । यसका साथमा प्रसिद्ध हास्य कलाकार राजा राजेन्द्रले मानिसहरुलाई हास्य प्रस्तुतीका साथ मनोरन्जन गराएको बताईएको छ ।

र्यालीको उद्धेश्य बजाज आरइको बारेमा जनचेतना अभिवृद्धि गराउनु हो र यसमार्फत स्वरोजगारका लागि हुने उकृष्ट लाभहरुको बारेमा जानकारी दिनु रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २२ आश्विन २०७४, आईतवार

ताजा समाचार