कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट गर्ने सरकारको निर्णय

Technology Khabar ३ श्रावण २०८०, बुधबार

कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट गर्ने सरकारको निर्णय

काठमाडौं ।

अब सहजरुपमा अनलाइनबाटै बिनाकुनै शुल्क र दस्तुर कम्पनी दर्ता गर्न सकिने भएको छ। सरकारले बजेटमार्फत ल्याएको नयाँ सुबिधाअन्तरगत कम्पनी दर्ता तथा खारेजीको कार्य अनलाइनबाटै गर्न सकिने भएको छ भने दर्ता तथा पुँजी वृद्धिमा लाग्ने शुल्क समेत हटाएको छ।

कम्पनी रजिष्ट्रारको कार्यालयले यसअघि नै अनलाइनबाटै कम्पनी दर्ता तथा खारेजीको सेवा दिने घोषणा गरिसकेको छ भने हालै सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जनसम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको हो।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन्।

 

easy care

प्रकाशित: ३ श्रावण २०८०, बुधबार

ताजा समाचार