सिजी मोबाइल्सको एस्ट्रो टर्च एमवान र एस्ट्रो टर्च एसवान बजारमा

Technology Khabar २ आश्विन २०७४, सोमबार

सिजी मोबाइल्सको एस्ट्रो टर्च एमवान र एस्ट्रो टर्च एसवान बजारमा

काठमाडौं ।

काठमाडौं, २ असोज। सिजी मोबाइल्सले एस्ट्रो सिरिजमा २ वटा नयाँ मोडल एस्ट्रो टर्च एमवान (Astro Torch M1) र एस्ट्रो टर्च एसवान (Astro Torch S1)बजारमा ल्याएको छ ।

सिजी मोबाईलले नयाँ पुस्ताका लागि लक्षित गरेर ल्याएका मोबाईलमा इन्ट्री लेभल सेगमेन्ट समावेश गरिएको हो ।

मनोरञ्जन र कुराकानीका लागि पछिल्ला प्रविधि प्रयोग गरी बनाइएको मोबाइललाई बजेट शुल्कमै पाउन सकिने कम्पनीले जनाएको छ ।

‘हामीलाई विश्वास छ, यी दुई मोबाइलमा नयाँ प्रयोग भएको छ, एउटा यी मोबाईलको ब्याट्रीका साथसाथै स्मार्ट फिचरहरु समावेश छन् भने सस्तो पनि छ,’ सीजी मोबाइल्सका व्यवस्थापन प्रमुख रमेश श्रेष्ठले भने ।

श्रेष्ठले एस्ट्रो टर्च एमवान् र एस्ट्रो टर्च एसवानले ग्राहकको मन जित्ने विश्वास व्यक्त गरे ।

यी मोबाईल लामो यात्रामा हिड्ने वा लामो समयसम्म चार्ज गर्न नपाउनेहरुका लागि उपयोगी हुने कम्पनीको भनार्इ छ ।

कम्पनीले एस्ट्रो टर्च एमवानको बजार मूल्य १ हजार ७ सय ९९ रुपैयाँ र एस्ट्रो टर्च एसवानको मूल्य १ हजार ४ सय ९९ रुपैयाँ तोकेको छ ।

अडियो ज्याक, मोबाइल स्क्रिन पनि अपडेटेड प्रविधिमा आधारित रहेको सीजी मोबाइल्सले जनाएको छ ।

easy care

प्रकाशित: २ आश्विन २०७४, सोमबार

ताजा समाचार