जगदम्बा सिमेन्टको ‘हाम्रोघर’ मोबाइल एप, सुरक्षित घरबारे जानकारी दिने

Technology Khabar २८ भाद्र २०७४, बुधबार

जगदम्बा सिमेन्टको ‘हाम्रोघर’ मोबाइल एप, सुरक्षित घरबारे जानकारी दिने

काठमाडौं ।

काठमाडौं, २८ भदौ । जगदम्बा सिमेन्ट उद्योगले नेपालमा पनि प्रविधीको प्रयोगका कारण नेपाली जनमानसको जिवनस्तर सहज र समृद्ध बनाउने उद्देश्यले हाम्रो घर मोबाइल एप बजारमा ल्याएको छ ।

सिमेन्ट उद्योगको इतिहासमा नेपालमै पहिलो पटक निर्माण सम्बन्धी हरेक जिज्ञासाको समाधान गर्दै जगदम्बा सिमेन्टले मोबाइल एस ल्याएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

हाम्रो घर मोबाइल एप घर निर्माण सम्बन्धी कार्य गर्ने ईन्जिनियर, कन्ट्रयाक्टर, डिलर मेसन लगायत सम्पुर्ण उपभोक्ताहरुका लागि अत्यन्त उपयोगी रहेको बताईएको छ ।

कम्पनीका कार्यकारी निर्देशक अजय जाडियाले जगदम्बा सिमेन्ट बिक्रीको आधारमा सबैभन्दा ठूलो कम्पनी भएको भन्दै गत वर्ष १ करोड २० लाख बोरा सिमेन्ट बिक्री गरेको जानकारी दिए ।

मोबाइल एपमा निर्माण सामाग्रिहरु खोज, निर्माणका लागि आवश्यक सिमेन्टको गुणस्तरको सतर, भूकम्पिय सुरक्षा, जगदम्बा सिमेन्ट प्रोफाईल, जगदम्बा सिमेन्ट रिपोर्टका साथै ह्वेयर टू बाई, यूनिट कर्भटर, कम्पास जस्ता दैनिक उपयोग हुने फिचरहरु राखिएका छन् ।

घर निर्माणका लागी चाहिने निर्माण सामग्रीको छनोट, घर निर्माण गर्न घरको लागत, भुकम्प प्रतिरोधी घर निर्माण प्रकृया, लगायत नेपालको पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उपभोक्ताले जगदम्बा सिमेन्टका सेल्स समूहसँग सिधै सम्पर्क गर्न सकिने सुविधा छ । यो लगायत दैनिक उपयोग गर्न मिल्ने विशेषताहरु जस्तै जग्गाको क्षेत्रफल निर्धारणको बारेमा पनि जानकारी दिन्छ ।

सो एप हाल एन्ड्रोयडको प्ले स्टोरमा मात्र उपलब्ध रहेको आईओएसमा छिटै आउने कम्पनीले जनाएको छ ।

जगदम्बा सिमेन्टको हाम्रोघर एप एन्ड्रोयडको प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

easy care

प्रकाशित: २८ भाद्र २०७४, बुधबार

ताजा समाचार