हुन्डाईको ‘जोयफुल जुलाई’ अफर सार्वजनिक

Technology Khabar २८ असार २०७४, बुधबार

हुन्डाईको ‘जोयफुल जुलाई’ अफर सार्वजनिक

काठमाडौं ।

काठमाडौं, २८ असार । नेपालका लागी हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली.ले “हुन्डाई JOYFUL JULY अफर” ल्याएको छ । यस अफर मार्फत ग्राहकहरुले हुन्डाई गाडीको खरिदमा आकर्षक छुट प्याकेजका साथै थप सुविधा प्राप्त गर्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

विशेषगरी चाडपर्वको समयमा मात्रै ग्राहकहरुलाई यस्तो आकर्षक योजना प्रदान गरिने नेपाली गाडी उद्योगमा, चाडपर्व अगावै नै सार्वजनिक गरिएको सो योजना एकदम नौलो हो । सो योजना अन्तर्गत हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क इन्स्युरेन्स तथा आगामी आर्थिक वर्षको रोड ट्याक्स र स्क््रयाच कुपन मार्फत १ लाख रुपैयाँसम्मको थप नगद छुट प्राप्त गर्न सकिनेछ ।

साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ ।

चाडपर्व अगावै नै ग्राहकवर्गको मनसूनमा खुशियाली ल्याउन हुन्डाईले यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २८ असार २०७४, बुधबार