पावर टिलर र मिनी टिलर मर्मत गर्न सिकाइँदै

Technology Khabar ४ बैशाख २०८१, मंगलवार

पावर टिलर र मिनी टिलर मर्मत गर्न सिकाइँदै

काठमाडौं ।

कृषि मेशिनरी मर्मत तथा सञ्चालन गर्ने गरी व्यावसायिक तालिम सुरु भएको छ। कृषि मेशिनरी औजार बिशेष त पावर टिलर र मिनी टिलरको मर्मत तथा सञ्चालन सम्बन्धी तालिम आजदेखि काठमाडौँमा सुरु भएको हो।

सो १५ दिनसम्म चल्ने सो तालिममा २ जना महिलासहित २२ जनाको सहभागिता छ।

तालिममा सहभागीले पावर टिलर र मिनी टिलरको चलाउन सक्ने, मर्मत गर्न सक्ने लगायत सिप सिक्ने छन् र त्यसपछि त्यसलाई ब्यबसायको रुपमा अगाडि लानको लागि प्रेरित गरिनेछ।

देशको बिभिन्न भागबाट १५० भन्दा बढी निबेदन हालेकोमा बिभिन्न मुल्याङ्कनको आधारमा २० जनालाई मेरिटको आधारमा छानेको र २ जना महिलालाई यो क्षेत्रमा आकषर्ण गर्न संघले आफ्नै श्रोतबाट छनोट गरेको नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले बताए।

५० हजार बढी किसानले पावर टिलर र २ लाख बढीले मिनी टिलर प्रयोगमा छ। तर यी यन्त्रको अधिकांश मर्मत हुन नसकेर प्रयोग विहीन रहेको संघले जनाएको छ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ र कृषि विभाग अन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्द्धन केन्द्रले संयुक्त रूपमा तालिमको आयोजना गरेका हुन्।

Sajilo Visa

प्रकाशित: ४ बैशाख २०८१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार