माइक्रोम्याक्सको ‘क्यानभास २ (२०१७)’ बजारमा, डिस्प्ले फुटेमा कम्पनीले नि:शुल्क फेरिदिने

Technology Khabar १ असार २०७४, बिहीबार

माइक्रोम्याक्सको ‘क्यानभास २ (२०१७)’ बजारमा, डिस्प्ले फुटेमा कम्पनीले नि:शुल्क फेरिदिने

काठमाडौं ।

काठमाडौं, १ असार । माइक्रोम्याक्सले नेपाली बजारमा क्यानभास २ (Canvas 2) २०१७ भर्सन सार्वजनिक गरेको छ ।

सन् २०१२ मा विश्वभर माइक्रोम्याक्स क्यानभास ५ लाखभन्दा बढि सेटहरु बिक्री भएर रेकर्ड कायम गरेको थियो । रेकर्ड नै भंग गर्ने The record breaking Canvas 2 2012 फेरी २०१७ को एडिसनमा आएको छ ।

यो स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने ३ जीबीको र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई ६४ जीबीसम्म पुर्याउन सकिन्छ ।

फोटोका लागि फोनमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामरा राखिएको छ । यसमा २.५ डी कब्र्ड भएको ५ इन्चको एचडी डिस्प्ले रहेको छ, जसलाई कोर्निङ गोरिल्ला ग्लास ५ द्धारा सुरक्षित पारिएको छ ।

यो फोनमा ३०५० एमएएचको व्याट्री रहेको छ जसले अधिकतम अवधि सम्म प्रयोगकर्ताहरुले भिडियो हेर्न, गेम खेल्न तथा अन्य विभिन्न कार्यहरु गर्न सक्ने कम्पनीको दाबी छ ।

फोनमा ग्राभिटी, प्रोक्सिमिटी, अल्ट्रा फिंगरप्रिन्ट रिकोग्निसन रहेको छ भने पारदर्शि ब्याक कभर निशुल्क दिइनेछ ।

माइक्रोम्याक्सको उत्कृष्ट प्रिमियम स्मार्टफोनहरु मध्येको एक, क्यानभास २ २०१७ स्मार्टफोन एन्ड्रोयड नूगट ७.० अपरेटिंग सिस्टममा आधारित रहेको छ । यो स्मार्टफोनको मूल्य १५ हजार ३ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

यदि यो स्मार्टफोन कुनै दूर्घटनाबस झरेर स्क्रिन टुटफुट भएमा स्मार्टफोनका ग्राहकहरुलाई एक पटकको लागि एकवर्ष भित्रमा निशुल्क डिस्प्ले स्क्रीन रिप्लेस गर्ने अवसर दिईएको कम्पनीले जानकारी दिएको छ ।

easy care

प्रकाशित: १ असार २०७४, बिहीबार