साओमीको रेडमी नोट ४एसडी बजारमा, ५.५ इन्चको फूलएचडी डिस्प्लेसहित ३ जीबी र्याम

Technology Khabar २२ बैशाख २०७४, शुक्रबार

साओमीको रेडमी नोट ४एसडी बजारमा, ५.५ इन्चको फूलएचडी डिस्प्लेसहित ३ जीबी र्याम

काठमाडौं ।

काठमाडौं, २२ वैशाख । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले नेपाली बजारमा रेडमी नोट ४एसडी सार्वजनिक गरेको छ ।

साओमीको नेपालका लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले बजारमा नयाँ स्मार्टफोन रेडमी नोट ४ एसडी सार्वजनिक गरेको हो ।
यो स्मार्टफोनमा ५.५ इन्चको आईपीएस एलसिडी फूलएचडी डिस्प्ले राखिएको छ भने यसमा मेटल बडि रहेको छ ।

फोनमा २.० गीगाहर्जको क्वालकम स्न्यापड्रागन ६२५ प्रोसेसर छ भने ३ जीबी र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज रहेको छ । फोनमा ४,००० एमएएचको ब्याट्री प्याक राखिएको छ ।

फोटोका लागि फोनमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा छ । यसमा एन्ड्रोयड मार्शमाल्लो ६.०.१ भर्सनमा आधारित एमआईयूआई ८ प्रयोग गरिएको छ ।

बजारमा रेडमी नोट ४एसडीको मूल्य २४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

easy care

प्रकाशित: २२ बैशाख २०७४, शुक्रबार

ताजा समाचार