फेसबुकले दियो इन्स्टेन्ट गेम्सको सुविधा, मेसेन्जरबाटै साथीसँग गेम खेल्न सकिने

Technology Khabar २१ बैशाख २०७४, बिहीबार

फेसबुकले दियो इन्स्टेन्ट गेम्सको सुविधा, मेसेन्जरबाटै साथीसँग गेम खेल्न सकिने

काठमाडौं ।

काठमाडौं, २१ वैशाख । मोबाइल डिभाइसमा गेम खेल्न चाहनेहरुका लागि खुशीको खबर आएको छ । अब फेसबुकले मेसेन्जरमा इन्स्टेन्ट गेम खेल्ने सुविधा सबैलाई दिएको छ । यसको सहयोगबाट तपाईँले आफ्नो स्मार्टफोन, ट्याबलेटलगायतका डिभाइसमा मज्जाले गेम खेल्न सक्नुहुनेछ ।

फेसबुकले आफ्नो इन्स्टेन्ट गेम्सलाई अब विश्वव्यापी बनाएको छ । कम्पनीले यसअघि सिमित प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराएको थियो भने अब यसलाई सबै प्रयोगकर्ताले खेल्न सक्ने बनाएको हो ।

यसको सफल परीक्षणपछि यो गेम्सलाई विश्वभर उपलब्ध गराएको हो । फेसबुकका १ अर्बभन्दा बढि मासिक प्रयोगकर्ताहरु रहेका छन र सबै मेसेन्जर यूजर्सले यो गेम प्लेइंग फिचरको मज्जा लिन सक्नेछन् ।

इन्स्टेन्ट गेम्सलाई गत नोभेम्बरमा अमेरिकाका प्रयोगकर्ताहरुका लागि मात्रै क्लोज्ड बीटा भर्सनमा सार्वजनिक गरिएको थियो जसमा प्याकम्यान ताथ गालागा लगायतका गेमहरु राखिएको छ । यसका साथै गेम्स बोट्स पनि अनुभव गर्न सकिनेछ जसले गेम मेकर्सलाई नयाँ लेभल र रिवार्डहरुको बारेमा कुराकानी गर्ने सुविधा हुनेछ ।

यसमा गेम्सको छनौट गर्ने पनि सुविधा हुनेछ भने नयाँ गेमहरु पनि राखिएको छ । कुन स्थानमा तपाईले फेसबुक चलाईरहनुभएको छ र कुन डिभाइस प्रयोग गरिरहनुभएको छ भन्ने आधारमा तपाईँले ५० वटा गेमहरुबाट छनौट गर्न सक्नुहुनेछ । यसमा वर्ड विथ फ्रेण्डस् राखिएको छ भने एभरविंग, एट बल पुल जस्ता गेम आउँदैछन् ।

माध्यम

easy care

प्रकाशित: २१ बैशाख २०७४, बिहीबार

ताजा समाचार