Technology Khabar १८ चैत्र २०७३, शुक्रबार
काठमाडौं ।
काठमाडौं, १८ चैत । तपाई ट्वीटर प्रयोग गर्नुहुन्छ भने ट्वीटर प्रेमीहरुलाई खुशीको खबर आएको छ । यसअघि ट्वीटरमा आफ्नो विचारहरु राख्नको लागि १४० अक्षरको बन्देज रहेकोमा त्यसलाई ट्वीटरले केहि परिमार्जन गरेको छ ।
कम्पनीले हालको १४० अक्षरको सिमिततालाई केहि परिमार्जन गर्दै बिहिवारदेखि नयाँ नियम लागू गरेको छ । कम्पनीले अब ट्वीटरमा कुनैपनि ट्वीटमा यूजरनेमलाई गणना नगर्ने भएको छ । अर्थात तपाईँले ट्वीटमा अब यूजरनेम बाहेक १४० अक्षर लेख्न पाउनुहुने भएको छ । कम्पनीले हालै आफ्नो सफ्टवेयरमा एक परिवर्तन गर्दै नयाँ नियम ल्याएको हो ।
नयाँ नियमअनुसार तपाईँले कसैको ट्वीटको जवाफ (रिप्लाई) दिने बेलामा तपाईँको १४० शब्दको ट्वीटमा यूजरनेमको अक्षरलाई गणना गरिनेछैन् । तपाईँले जवाफ दिने ट्वीटको नाम अब ट्वीट भन्दा माथि देखिेनछ । यसअघि यस्तो यूजरनेम ट्वीट लेख्ने स्थानमा नै देखिन्थ्यो ।
नयाँ नियमले तपाईँलाई आफ्नो भावना व्यक्त गर्न थप स्थान उपलब्ध हुनेछ ।
ट्वीटरको नयाँ अपडेट हाल वेबसाइटमा आईसकेको छ भने यसका साथै मोबाइल एपमा पनि उपलब्ध हुनेछ ।
प्रकाशित: १८ चैत्र २०७३, शुक्रबार