नोकियाका फोनहरु सार्वजनिक, यस्तो छ ‘नोकिया ३३१०’ फोन

Technology Khabar १६ फाल्गुन २०७३, सोमबार

नोकियाका फोनहरु सार्वजनिक, यस्तो छ ‘नोकिया ३३१०’ फोन

काठमाडौं ।

काठमाडौं, १६ फागुन । नोकियालाई चर्चित बनाउने मोबाइल फोन नोकिया ३३१० (Nokia 3310) फेरी बजारमा सार्वजनिक भएको छ ।

करिब १७ वर्षपहिले बजारमा सार्वजनिक गरिएको र सबैभन्दा धेरै बिक्री हुने फोनको रेकर्ड बनाएको यो फिचर फोन अहिले पुन मोबाइल वल्र्ड कंग्रेसबाट सार्वजनिक भएको हो ।

कम्पनीले सन् २००५ भन्दा अगाडिसम्म यो सेट १२ करोड ६० लाख यूनिट बिक्री गरेको थियो । सन् २०१६ मा मात्रै कम्पनीले ३ करोड ५० लाख यूनिट नोकिया ३३१० सेट बिक्री गरेको थियो ।

नोकियाको यो फोन एचएमडी ग्लोबलले पुन बजारमा सार्वजनिक गरेको हो । यो फोन मजबुत र स्नेक गेमको लागि निकै लोकप्रिय रहेको थियो ।

एचएमडी ग्लोबलले कार्यक्रममा नोकिया ३३१० सहित अन्य तीन एन्ड्रोयडमा आधारित स्मार्टफोनहरु सार्वजनिक गरेको छ ।
नयाँ नोकिया फोनमा पुरानो भन्दा केहि सुधार गरिएको छ । यो फोनमा एस ३० प्लस अपरेटिंग सिस्टममा आधारित रहेको छ भने यसेल २.५ जी मात्र सपोर्ट गर्दछ । यसको अर्थ यसमा इन्टरनेट सुस्त गतिले चलाउन सकिन्छ ।

फोटोका लागि फोनमा दुई मेगापिक्सेलको मुख्य क्यामरा राखिएको छ ।

यो फोनको मुख्य विशेषता भनेको यसको शक्तिशाली ब्याट्री हो । एचएमडीकाअनुसार नोकिया ३३१० ले एक महिनाको स्ट्याण्डबाई टाइम दिन्छ भने २२ घण्टासम्म निरन्तर कुराकानी गर्न सकिन्छ ।

गेम खेल्न रुचाउनेहरुका लागि फोनमा स्नेक गेमको नयाँ भर्सन प्रि इन्टल गरिएको छ ।

कम्पनीले यसका साथै नोकिया सिक्स नोकिया ५ तथा नोकिया ३ पनि कार्यक्रमममा सार्वजनिक गरेको छ ।

easy care

प्रकाशित: १६ फाल्गुन २०७३, सोमबार

ताजा समाचार