ओटो ब्राण्डको फिचर फोन ‘रियो’ बजारमा, विशेष डकमार्फत फोन चार्ज हुने

Technology Khabar २६ माघ २०७३, बुधबार

ओटो ब्राण्डको फिचर फोन ‘रियो’ बजारमा, विशेष डकमार्फत फोन चार्ज हुने
Classic Tech

काठमाडौं, २६ माघ । नेपाली बजारमा भर्खरै मात्र भित्रिएको नयाँ मोबाइल ब्राण्ड ओटोले (OTTO) नयाँ फिचर फोन सार्वजनिक गरेको छ । जयमाँ इन्टरकन्टिनेन्टल प्रालिले बजारमा ओटो रियो (OTTO Rio) फिचर फोन उपलब्ध भएको जानकारी दिएको छ ।

कम्पनीले यसलाई स्मार्टफोनको सम्पूर्ण पुरकको रुपमा रहेको दाबी गरेको छ ।

प्रिमियम फिचर फोनको रुपमा आएको ओटो रियोमा टियानमा स्ट्रङ ग्लाससहितको २.३ इन्चको कभ्र्ड स्क्रीन छ भने एलईडी टर्च पनि राखिएको छ ।

अडियोका लागि छुट्टै किहरुको प्रयोग गरिएको छ भने यसमा १,५०० एमएएचको ब्याट्री राखिएको छ ।

ड्यूल एलईडी फ्ल्याश भएको फिचर फोनमा ड्यूल सिम प्रयोग गर्न सकिन्छ । मिडियाटेकको चिपसेट प्रयोग गरिएको फोनमा ३२ एमबीको र्याम तथा ३२ एमबीकै स्टोरज छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिने कम्पनीको भनाई छ ।

यो फिचर फोनको सबैभन्दा मुख्य विशेषता भनेको यसलाई चार्ज गर्न विशेष किसिमको डक साथमा आउँछ । फोनको डकमा यो ओटो रियोलाई राखेपनि आफैं चार्ज हुनेछ ।

एमपी थ्री, एमपी फोर सपोर्ट गर्ने तथा वायरलेस एफएम राखिएको ओटो रियो फिचर फोन बजारमा तीन रंगहरुमा उपलब्ध छ भने यसको मूल्य रु. २,८९६/– तोकिएको कम्पनीले जनाएको छ ।

याे पनि हेर्नुहाेस्-

नयाँ मोबाइल ब्राण्ड ‘ओटो’ घोषणा, ओट्टो मार्क स्मार्टफोन बजारमा

TK Viber

प्रकाशित: २६ माघ २०७३, बुधबार

Loading...