एलोकाकोका नयाँ उत्पादन क्यान इन्फोटेकमा अाउँदै, बायोमेट्रिक डिभाइसदेखि कार्ड वालेटसम्म

Technology Khabar १२ माघ २०७३, बुधबार

एलोकाकोका नयाँ उत्पादन क्यान इन्फोटेकमा अाउँदै, बायोमेट्रिक डिभाइसदेखि कार्ड वालेटसम्म

काठमाडौं ।

काठमाडौं, १२ माघ । यूरोपेली इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक ब्राण्ड एलोकाकोकले (Allocacoc) क्यान इन्फोटेकमा नयाँ उत्पादनहरु सार्वजनिक गर्ने भएको छ । नेपालका लागि एलोकाकोकको आधिकारिक बिक्रेता सामी ट्रेडर्सले बिहिवारदेखि आयोजना हुन लागेको क्यान इन्फोटकमा ५ वटा नयाँ उत्पादनहरु सार्वजनिक गर्ने जानकारी दिएको छ ।

एलोकाकोकले बायोमेट्रिक पासवर्ड किपर डिभाइस विसुमी, बिजनेस लेजर स्मार्ट ब्याकप्याक, फोल्डिंग पोर्टेबल स्ट्याण्डिंग डेस्क–लेभिट८, कार्ड तथा पैसा राख्ने वालेट–डाक्स र यूएसबी तथा यूएसबी टाइप सी भएको वान केबल फर अल सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले ल्याउन लागेका सबै नयाँ उत्पादनहरु नेपाली बजारमा पहिलो पटक आउन लागेका हुन् ।

कम्पनीले नयाँ उत्पादनका साथमा विभिन्न छुट अफर पनि घोषणा गरेको छ । यसमा पावरक्यूब र यूएसबी केबलको खरिदमा एउटा किन्दा अर्को सित्तैमा अफर ल्याएको छ भने अडियो क्यूबको खरिदमा २० प्रतिशत छुट दिने प्रोमो अफर दिने भएको छ ।

त्यसैगरी डाक्स र लेभीट ८ को विशेष मुल्य क्यान शुरु भएको दिन घोषणा गर्ने तथा सोलार ब्याग र बायोमेट्रिक फिंगरप्रिन्टको बुकिंग शुरु गर्ने जानकारी दिएको छ ।

एलोकाकोकले क्यान इन्फोटेकमा स्टल नम्बर टि६० बाट आफ्ना उत्पादनहरु बिक्री तथा प्रदर्शन गर्ने जानकारी दिएको छ ।

कम्पनीले ल्याउन लागेको बायोमेट्रिक पासवर्ड किपर डिभाइस विसुमीमा बायोमेट्रिक फिंगरप्रिन्ट आईडिको सहयोगबाट हार्डवेयर तथा फ्ल्याश ड्राइभलाई इन्क्रिप्सन गर्न सकिनेछ । यसमा प्रयोगकर्ताको औंलाको सहायताले नै आफ्नो डिभाइसहरु सुरक्षित पार्न वा खोल्न सकिन्छ भने पासवर्ड पनि राख्न सकिने सुविधा छ ।

बिजनेस लेजर स्मार्ट ब्याकप्याक इकोलोजीलाई ध्यानमा राखेर बनाईएको हो । यसमा सोलार चार्जिंग, यूएसबी पावर सप्लाई, रियल टाइम लोकेसन र हराउन बाट बचाउने ब्लूटूथ एन्टि लस्ट प्रविधि राखिएको छ ।

लेभिट ८ फ्ल्याट फोल्डिंग पोर्टेबल स्ट्याण्डिंग डेस्क हो । यसमा कुनै पनि अतिरिक्त पार्टहरुको प्रयोग गरिएको छैन् भने यसलाई सामान्य रुपमा दुबैतर्फबाट फोल्ड गरेर स्ट्याण्ड डेस्कको रुपमा प्रयोग गर्न सकिन्छ ।

डाक्समा तपाईँले आफ्नो बैंक कार्डहरु, भिजिटिंग कार्ड, वा रुपैंया पैसा राख्न सकिन्छ । यो बालेटलाई आफ्नो कोटको वा पाइन्टको खल्तीमा सजिलै राख्न सकिने बताईएको छ । यो विश्वको सबैभन्दा पहिलो क्यासकेडिंग पुल ट्याब वालेट भएको कम्पनीको दाबीछ ।

एलोकाकोकले ल्याउने यूएसबी केबलमा विभिन्न किसिमका पोर्टहरु राखिएको छ । यसमा टाइप सी, लाइटनिंग र माइक्रो यूएसबी पोर्टहरु एकै केबलमा राखिएको छ । यो एउटै केबलले विभिन्न डिभाइसमा प्रयोग गर्न सकिन्छ ।

कम्पनीले यसबाहेक पनि अन्य उत्पादनहरु बिक्री तथा प्रदर्शनमा राख्ने जानकारी दिएको छ ।

easy care

प्रकाशित: १२ माघ २०७३, बुधबार

ताजा समाचार