टेलिकमद्वारा रणनीतिक साझेदार भित्र्याउन परामर्शदाता नियुक्त

Technology Khabar ६ पुष २०७३, बुधबार

टेलिकमद्वारा रणनीतिक साझेदार भित्र्याउन परामर्शदाता नियुक्त

काठमाडौं ।

काठमाडाैं, ६ पुस । नेपाल टेलिकमले रणनीतिक साझेदार भित्र्याउने सम्वन्धमा प्रक्रिया अगाडि बढाएको छ। यसकाे लागि टेलिकमले एनलाइसिस म्यासाेन लिमिटेड यूकेका तर्फबाट एनलाइसिस म्यासन इण्डियालाई परामर्शदाताकाे रूपमा नियुक्त गर्ने समझदारीमा सम्झौता गरेको छ ।

साझेदार नियुक्ति, कार्यान्वयनलगायत आवश्यक कार्यहरुमा परामर्श दिनका लागि परामर्शदाता छनौट भएको हाे।

सम्झौतामा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र एनलाइसिस मासोनका तर्फबाट रोहन धमिजाले हस्ताक्षर गरे।

एनलाइसिस मासोन टेण्डर प्रक्रियाबाटै छनौट भएको टेलिकमले स्पष्ट पारेको छ।

परामर्शदाता कम्पनिले टेलिकमको ड्यू डिलिजेन्स तथा शेयर विनिवेश गर्ने लगायतका सम्वन्धमा रणनीतिक साझेदार भित्र्याउनका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्न परामर्श दिनेछ।

easy care

प्रकाशित: ६ पुष २०७३, बुधबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार