जेडटिइका एक्जोन इलाइट र एक्जोन मिनी प्रिमियम एडिसन बजारमा

Technology Khabar ३० कार्तिक २०७३, मंगलवार

जेडटिइका एक्जोन इलाइट र एक्जोन मिनी प्रिमियम एडिसन बजारमा

काठमाडौं ।

काठमाडौं, ३० कात्तिक । स्मार्टफोन निर्माता कम्पनी जेडटिइले नेपाली बजारमा नयाँ स्मार्टफोनहरु भित्र्याएको छ । जेडटिइको आधिकारिक बितरक इभोलुसन इन्टरप्राइजेज प्रा.लि. ले एक्जोन सेरिजका दुई स्मार्टफोनहरु जेडटिइ एक्जोन इलाइट (ZTE Axon Elite) र एक्जोन मिनी प्रिमियम एडिसन (Axon Mini Premium Edition) नेपालमा सार्वजनिक गरेको हो ।

जेटिइ एक्जोन इलाइट (ZTE Axon Elite)

जेडटिइ एक्जोन इलाइटमा ५.५ इन्चको फुल एचडी डिस्प्ले रहेको छ । १०८० ह १९२० पिक्सल रहेको स्क्रिनमा ४०१ पिपिआइ डेन्सिटी रहेको छ, जसले गर्दा स्क्रिन चम्किलो, आकर्षक देखिने कम्पनीको दाबी छ । यसमा ३ जिबीको र्याम र ३२ जिबीको इन्टरनल स्टोरेज क्षमता रहेको छ, स्टोरेजलाई माइक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ । यसमा ग्राफिक्सका लागि आर्डिनो ४३० को प्रयोग गरिएको छ ।

यसमा स्नापड्रागन ८१० को २.३ गिगाहर्ज अक्टाकोर प्रोसेसर प्रयोग भएको छ, जसले गर्दा स्मार्टफोनले उत्कृष्ट पर्फमेन्स प्रदान गर्दछ । यसमा प्रयोग भएको हिट डिसिपेसन सिस्टमले फोनलाइ कुल गराएर राख्छ, जसले फोन तात्न पाउँदैन र फोनमा अधिक समयसम्म प्रयोग गर्न सहजता प्रदान गर्दछ ।zte-axon-elite-1

यसमा १३ मेगापिक्सल तथा २ मेगापिक्सलको अटो फोकस ड्यूल क्यामेरा रहेको छ । ड्युल क्यामेरा र बोकेज मोडको प्रयोग भएकोले फोटो खिच्दा डिएसएलआर क्यामेराबाट फोटो खिचेको गुणस्तरको फोटो प्राप्त गर्न सकिन्छ । सेल्फीप्रेमिहरुको लागि पनि ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा छ, जसले आकर्षक फोटो खिच्ने कम्पनीको दाबी छ ।

यो स्मार्टफोनमा ३००० एमएएचको ब्याट्री छ भने क्विक चार्ज २.० प्रविधि भएकोले केबल ३० मिनटमा नै ६० प्रतिशत चार्ज हुन्छ । यसमा तिब्रगतिको फिङ्गरप्रिन्ट सेन्सर, ड्युल माइक्रो सिम, फोर जी, वाईफाई लगायतका अन्य फिचरहरु छन । यसको मुल्य नेपाली बजारमा ३३ हजार ९ सय रुपैंया रहेको कम्पनीले जानकारी दियो ।

जेडटिइ एक्जोन मिनी प्रिमियम (ZTE Axon Mini Premium Edition)

यसैगरी जेडटिइले एक्जोन मिनी प्रिमियम एडिसन स्मार्टफोन पनि बजारमा सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा ५.२ इन्चको फुल एचडी सुपर एमओएलइडी थ्रिडी टच डिस्प्ले रहेको छ । यो विश्वकै पहिलो प्रेसर सेन्सिङ, थ्रिडी टच फोन भएको कम्पनीको दाबी छ ।

यसमा फिङ्गर प्रिन्ट, भ्वाइस प्रिन्ट, आइप्रिन्ट बायोमेट्रिक अथेन्टीकेशन सेक्युरिटी जस्ता आकर्षक विशेषता रहेका छन् । ३ जिबी र्याम र ३२ जिबीको इन्टरनट स्टोरेज रहेको यो स्मार्टफोनमा १.५ गिगाहर्जको अक्टाकोर प्रोसेसर रहेको छ । यसको स्टोरेजलाई माइक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ ।axon-mini-premium-edition-in-gold

यसमा १३ मेगापिक्सलको अटो फोकस क्यामेरा छ र फ्रन्टमा ८ मेगापिक्सलको सेल्फी क्यामेरा राखिएको छ । २८०० एमएएचको व्याट्री रहेको एक्जोन मिनीमा फिङगरप्रिन्ट सेन्सरको सुविधा पनि रहेको छ । यसमा पनि फोर जी, वाईफाई लगायतका अन्य फिचरहरु छन ।

सिंगल सिम सपोर्ट गर्ने यसको मुल्य २५ हजार ९ सय रुपैंया रहेको छ ।

दुबै स्मार्टफोन एन्ड्रोइड ललिपप भर्सनको अपरेटिङ सिस्टममा आधारित भएर संचालन हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: ३० कार्तिक २०७३, मंगलवार