सामसंगको टाइजेनमा आधारित जेड टू स्मार्टफोन नेपाली बजारमा

Technology Khabar १९ भाद्र २०७३, आईतवार

सामसंगको टाइजेनमा आधारित जेड टू स्मार्टफोन नेपाली बजारमा

काठमाडौं ।

काठमाडौं, १९ भदौ । टाइजेनमा आधारित सामसंग जेड टू (Samsung Z2) इन्ट्रि स्मार्टफोन नेपाली बजारमा उपलब्ध भएको छ । कम्पनीले सस्तो स्मार्टफोन बजारलाई ध्यानमा राखेर सार्वजनिक गरेको जेड टू बजारमा खरिद गर्न सकिने भएको छ ।

सामसंगले टाइजेनमा आधारित यो स्मार्टफोन बिना कुनै औपचारिक घोषणा बजारमा ल्याएको हो । कम्पनीले आईतवारदेखि नेपाली बजारमा किन्न सकिने गरि यो फोन ल्याएको छ ।केहि साता अघि भारतमा सार्वजनिक भएको यो स्मार्टफोनको मूल्य कम्पनीले नेपाली बजारमा रु.७,२९०/- तोकेको छ । स्थानिय बजारमा यो स्मार्टफोन गोल्ड र ब्ल्याक कलरमा मात्र उपलब्ध हुनेछ ।

सामसंग जेड टू स्मार्टफोन लो इन्ड डिभाइस अर्थात बजेट फोन हो जुन स्मार्टफोन पहिलो पटक फिचर फोनबाट स्मार्टफोनमा अपग्रेड हुन चाहनेहरुका लागि केन्द्रित गरिएको छ । यो स्मार्टफोन जेड सिरिजमा आएको तेस्रो स्मार्टफोन हो यसअघि जेड वान तथा जेड थ्री स्मार्टफोन सार्वजनिक भईसकेका छन् भने फोरजी एलटिई कनेक्टिभिटी भएको पहिलो टाइजेन फोन हो ।

सामसंगले सार्वजनिक गरेको जेड टू फोन सामसंगको यो डिभाइसका लागि भारतमा एक्सक्लुसिभ अनलाइन पार्टनर पेटिएमले फोन बिक्रीमा राखेको छ । भारतमा यो स्मार्टफोनको मूल्य भारु. ४,५९०/- अर्थात करिब ७ हजार ४ सय नेपाली रुपैंया तोकिएको छ भने गोल्ड, ब्ल्याक, रेड वाइन कलरमा उपलब्ध छ ।

सामसंज जेड टूमा ३.९७ इन्चको डिस्प्ले राखिएको छ भने यसमा स्प्रेडट्रम क्वाड कोर प्रोसेसरद्धारा संचालन हुन्छ । यो फोनमा १ जीबीको र्याम तथा ८ जीबीको इन्टरनल स्टोरेज राखिएको छ, जसलाई बढाउन सकिन्छ ।

फोटोका लागि जेड टूमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा फ्रन्ट भिजिए क्यामरा राखिएको छ । यसमा पावरका लागि १,५०० एमएएचको ब्याट्री राखिएको छ । जेड टू स्मार्टफोन टाइजेन २.४ भर्सनमा आधारित रहेको छ भने यसमा माइ मनि ट्रान्सफर एपलगायतका एप्स छन् ।

विभिन्न १२ क्षेत्रिय भाषाहरु सपोर्ट गर्ने जेड टू स्मार्टफोनमा पनि एस बाइक मोड तथा अल्ट्रा डाटा सेभिंग मोड फिचर राखिएको छ ।

टाइजेनमा आधारित स्मार्टफोन विशेषगरि विकासोन्मुख मुलुकका सस्ता उपभोक्ताहरुलाई ध्यानमा राखेर ल्याईएको हो ।

easy care

प्रकाशित: १९ भाद्र २०७३, आईतवार