टाइजेनमा आधारित सामसंग जेड टू भारतमा उपलब्ध, नेपालमा छिटै आउँदै

Technology Khabar १६ भाद्र २०७३, बिहीबार

टाइजेनमा आधारित सामसंग जेड टू भारतमा उपलब्ध, नेपालमा छिटै आउँदै

काठमाडौं ।

काठमाडौं, १६ भदौ । केहि साता अघि भारतमा सार्वजनिक भएको टाइजेनमा आधारित सामसंग जेड टू (Samsung Z2) इन्ट्रि स्मार्टफोन अब औपचारिकरुपमा खरिद गर्न सकिने भएको छ ।

सामसंग जेड टू स्मार्टफोन लो इन्ड डिभाइस अर्थात बजेट फोन हो जुन स्मार्टफोन पहिलो पटक फिचर फोनबाट स्मार्टफोनमा अपग्रेड हुन चाहनेहरुका लागि केन्द्रित गरिएको छ । यो स्मार्टफोन जेड सिरिजमा आएको तेस्रो स्मार्टफोन हो यसअघि जेड वान तथा जेड थ्री स्मार्टफोन सार्वजनिक भईसकेका छन् भने फोरजी एलटिई कनेक्टिभिटी भएको पहिलो टाइजेन फोन हो ।

सामसंगले सार्वजनिक गरेको जेड टू फोन सामसंगको यो डिभाइसका लागि भारतमा एक्सक्लुसिभ अनलाइन पार्टनर पेटिएमले  (Paytm) फोन बिक्रीमा राखेको छ । बिक्रीमा राखिएको अफरअनुसार यो स्मार्टफोनको खरिदमा रिलायन्स जीयोको फोरजी भ्वाइस तथा डाटा ९० दिनसम्मको निशुलल्क प्राप्त गर्न सकिनेछ । अनलाइनमा यो स्मार्टफोनको मूल्य भारु ४,५९०/- अर्थात करिब ७ हजार ४ सय नेपाली रुपैंया तोकिएको छ । यो स्मार्टफोन गोल्ड, ब्ल्याक, रेड वाइन कलरमा उपलब्ध हुनेछ ।Samsung Z2

सामसंज जेड टूमा ३.९७ इन्चको डिस्प्ले राखिएको छ भने यसमा स्प्रेडट्रम क्वाड कोर प्रोसेसरद्धारा संचालन हुन्छ । यो फोनमा १ जीबीको र्याम तथा ८ जीबीको इन्टरनल स्टोरेज राखिएको छ, जसलाई बढाउन सकिन्छ ।

फोटोका लागि जेड टूमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा फ्रन्ट भिजिए क्यामरा राखिएको छ । यसमा पावरका लागि १,५०० एमएएचको ब्याट्री राखिएको छ । जेड टू स्मार्टफोन टाइजेन २.४ भर्सनमा आधारित रहेको छ भने यसमा माइ मनि ट्रान्सफर एपलगायतका एप्स छन् ।

विभिन्न १२ क्षेत्रिय भाषाहरु सपोर्ट गर्ने जेड टू स्मार्टफोनमा पनि एस बाइक मोड तथा अल्ट्रा डाटा सेभिंग मोड फिचर राखिएको छ ।

टाइजेनमा आधारित स्मार्टफोन विशेषगरि विकासोन्मुख मुलुकका सस्ता उपभोक्ताहरुलाई ध्यानमा राखेर ल्याईएको हो । केहि समयअघि आएको एक रिपोर्टमा यो स्मार्टफोन भारतसहित, नेपाल, बंगलादेश, श्रीलंकालगायतका मुलुकमा पनि सार्वजनिक हुने उल्लेख गरिएको थियो ।

केहि समय अघि यो स्मार्टफोनको नेपाली बजारमा उपलब्धताको बारेमा सामसंग नेपालका एक अधिकारीसँग जिज्ञासा राख्दा दशैँभन्दा अगाडि नै ल्याउने जानकारी दिए । उनले सेप्टेम्बर दोस्रो वा तेस्रो सातामा सामसंग जेड टू स्मार्टफोन नेपाली बजारमा भित्रिने बताएका थिए । तर यसको मूल्य कति हुन्छ भन्ने जानकारी छैन् ।

स्रोत माध्यम

easy care

प्रकाशित: १६ भाद्र २०७३, बिहीबार

ताजा समाचार