६ जीबी र्याम र १२८ जीबी स्टोरेज सहितको सामसंग ग्यालेक्सी नोट सेभेन

Technology Khabar २३ श्रावण २०७३, आईतवार

६ जीबी र्याम र १२८ जीबी स्टोरेज सहितको सामसंग ग्यालेक्सी नोट सेभेन

काठमाडौं ।

काठमाडौं, २३ साउन । सामसंगले ग्यालेक्सी नोट सेभेन (Galaxy Note 7) भर्खरै सार्वजनिक गर्यो जसमा ४ जीबी र्याम राखिएको छ । तर यसअघि नै सामसंगले ६ जीबी र्याम भएको नोट सेभेन ल्याउने चर्चा चलेको थियो ।

सामसंगले ६ जीबीको र्यामसहितको नोट सेभेन ल्याउने भनिएपछि त्यो भन्दा कम क्षमताको अर्थात ४ जीबी र्यामसहित नोट सेभेन आएपछि केहिले प्रतिकृया जनाएका थिए । तर कम्पनीले त्यस्ता प्रतिकृयालाई जवाफ दिँदै ६ जीबीसहितको ग्यालेक्सी नोट सेभेन ल्याउने भएको छ ।

सामसंगले आफ्नो सबैभन्दा नयाँ फ्याबलेट ग्यालेक्सी नोट सेभेनलाई ६ जीबी र्यामसहित बजारमा ल्याउने भएको छ । कम्पनीले चीनियाँ बजारका लागि भएपनि ६ जीबी र्यामसहितको नोट सेभेन ल्याउन लागेको हो । यसको बारेमा विभिन्न जानकारीहरु गिकबेन्च (Geekbench) वेबसाइटमा लिस्टेड भएको छ भने चाइना इन्डष्ट्रि एण्ड इन्फर्मेशन टेक्नोलोजी मिनिस्ट्रीमा (TEENA) पनि लिस्टेड भएको छ । लिस्टेड भएको जानकारीअनुसार यसमा १२८ जीबीको आन्तरिक स्टोरेज हुनेछ ।note-7-6gb-china-1

यहि अगस्ट २ तारिखमा कम्पनीले ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेजसहितको ग्यालेक्सी नोट सेभेन सार्वजनिक गरिसकेको छ । जुन विभिन्न बजारहरुमा सार्वजनिक हुने क्रममा रहेको छ । नेपाली बजारमा भने यो स्मार्टफोन अगस्टको दोस्रो साताको अन्तिमतिर सार्वजनिक हुने अनुमान गरिएको छ ।

स्रोत माध्यम

easy care

प्रकाशित: २३ श्रावण २०७३, आईतवार