सामसंग ग्यालेक्सी नोट सेभेन सार्वजनिक, ड्यूल एज डिस्प्ले, वाटर रेसिस्टसहित कयौं फिचर

Technology Khabar १८ श्रावण २०७३, मंगलवार

सामसंग ग्यालेक्सी नोट सेभेन सार्वजनिक, ड्यूल एज डिस्प्ले, वाटर रेसिस्टसहित कयौं फिचर

काठमाडौं ।

काठमाडौं, १८ साउन । बहु प्रतिक्षित स्मार्टफोन सामसंग ग्यालेक्सी नोट सेभेन (Samsung Galaxy Note 7) आधिकारिकरुपमा सार्वजनिक भएको छ । सामसंगले मंगलबार एक कार्यक्रमकाबिच एज डिस्प्ले (Edge display) सहितको ग्यालेक्सी नोट सेभेन सार्वजनिक गरेको हो ।

यो स्मार्टफोन पछिल्लो दिनमा निकै चर्चामा रहेको थियो । कम्पनीले यो स्मार्टफोनलाई आफ्ना अन्य ग्यालेक्सी लाइनअपमा मिलाउन नयाँ नाम राखेको हो । त्यसैले सामसंगले नोट सिक्सको नामबाट नभई नोट सेभेनको नामबाट ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एजसँग लाइनअप मिलाउन नाम राखेको हो ।

यो नोट सेभेनमा ग्यालेक्सी सिरिजका उच्च तहका प्रिमियम सेटहरुमा राखिने कयौं फिचरहरु राखिएका छन भने नयाँ फीचरहरु पनि थप गरिएका छन् ।Samsung Galaxy Note 7

ग्यालेक्सी नोट सेभेन सामसंगको पहिलो दुबैतिर घुमाउदार स्क्रीन अर्थात कर्ब्ड एज भएको पहिलो नोट फोन हो । यसको स्ट्याण्डर्ड मोडल नोट सेभेन हेर्दा केहि ग्यालेक्सी एस सेभेन (Galaxy S7) जस्तै देखिन्छ । तर यसमा त्यो भन्दा ठूलो स्क्रीन अर्थात ५.७ इन्चको ड्यूल एज कब्र्ड डिस्प्ले राखिएको छ । यसमा पहिलो पटक भच्र्यूअल बेजेल फ्री कर्भच्यूल रहेको छ ।

यो स्मार्टफोन हेर्दा फोन र ट्याबलेटको हाईब्रिड भर्सन जस्तै देखिन्छ भने यो हातमा आरामले समाउन सकिने विश्लेषकहरुले उल्लेख गरेका छन् ।

त्यसैगरी कम्पनीले नोट सेभेनका साथमा एस पेन पनि उपलब्ध गराउने छ ।

ग्यालेक्सी नोट सेभेनका फिचरहरु

सामसंगले सार्वजनिक गरेको ग्यालेक्सी नोट सेभेनमा कयौं फिचरहरु राखिएको छ । जुन यो तहको स्मार्टफोनहरुमा पहिलो पटक पनि प्रयोग गरिएको छ ।note-7-feature

यो स्मार्टफोनमा ५.७ इन्चको ड्यूल एज कर्ब्ड सूपर एमोलेड डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन क्यूएचडी रहेको छ । यसको डिस्प्लेलाई कोर्निग गोरिल्ला ग्लास ५ द्धारा सुरक्षित पारिएको छ । यो ग्लास प्रयोग भएको पहिलो स्मार्टफोन हो – नोट सेभेन ।

प्रोसेसर

यसमा कम्पनीले अक्टा-कोर एक्सनोज ८८०० प्रोसेसर अथवा क्वाड कोर स्न्यापड्रयागन ८२० चीपसेट प्रयोग गरेको छ । जसअन्तर्गत अमेरिका, चीन र जापानमा स्न्यापड्रयागन तथा अन्य मुलुकहरुमा एक्सनोज चिपसेट प्रयोग गरिएका नोट सेभेन आउने छन् ।

स्टोरेज

यो स्मार्टफोनमा पनि कम्पनीले ग्यालेक्सी एस सेभेन सिरिज जस्तै ४ जीबीको र्याम प्रयोग गरेको छ । यसमा कम्पनीले ६४ जीबीको स्टोरेजमा सार्वजनिक गरेको छ । जुन सामसंगले स्मार्टफोनमा पहिलो पटक आन्तरिक स्टोरजको रुपमा प्रयोग गरेको डिभाइस हो । यसको स्टोरेजलाई माइक्रो एसडी कार्डद्धारा बढाएर २५६ जीबीसम्म पुर्याउन सकिन्छ ।Galaxy-Note7_blue

यूएसबी टाइप-सी पोर्ट

ग्यालेक्सी नोट सेभेनमा भएको अर्को मूख्य विशेषता भनेको यसमा प्रयोग गरिएको यूएसबी टाइप-सी पोर्ट होे । जुन क्विक चार्जका लागि पनि प्रयोग गर्न सकिन्छ । यो स्मार्टफोनमा ३५०० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ, जुन यसको अघिल्लो संस्करण नोट फाइभभन्दा ठूलो हो ।note-7-1

एस पेन स्टायलस (S Pen Stylus)

नोट सेभेनमा भएको अर्को विशेषता भनेको यससँग आउने एस पेन स्टायलस हो । नोट सेभेनको एस पेन स्टायलसको कार्यमा पनि धेरै सुधार गरेर ल्याईएको छ । यसमा स्क्रीन अफ मेमो राखिएको छ, जसले फोन लक भएको बेलामा पनि एस पेन त्यसको स्लटबाट झिकेर नोट लेख्न सकिन्छ । त्यसैगरी अलवेज अन डिस्प्ले फीचरमा आफ्नो नोटहरु पिन गर्न सकिने सुविधा राखिएको छ । यसमा अर्को नयाँ ट्रान्सलेट फिचर इन एयर कमाण्ड राखिएको छ, जसले विदेशी शब्दहरुलाई आफ्नो मन परेको भाषामा रुपान्तर गर्न सकिन्छ ।

स्तरिय क्यामरा

फोटोका लागि हेर्दा यसमा ग्यालेक्सी एस सेभेन लाइनअपमा भएको जस्तै १२ मेगापिक्सेल भएको ड्यूल पिक्सेल अटो फोकस रियर क्यामरा राखिएको छ भने सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

एन्ड्रोयडको पछिल्लो भर्सन मार्शमाल्लो ६.०.१ भर्सनमा संचालन हुने यो डिभाइसमा हालै एन्ड्रोयडले नाम जुराएको एन्ड्रोयड नुगट अपडेट गर्न सकिनेछ, जुन यो वर्षको अन्त्यतिर वा सन् २०१७ को शुरुवातमा हुनेछ ।Samsung Galaxy Note 7_03

वाटररेसिस्ट

सामसंगको ग्यालेक्सी नोट सेभेन पहिलो नोट हो जुन वाटरप्रुफ रहेको छ । यसले आईपी ६८ रेटिंग सर्टिफिकेट प्राप्त गरेको छ । यो स्मार्टफोनलाई १ मिटरसम्मको पानी मुनिको गहिराईमा लाँदा पनि पानीले भिज्दैन् भने यसको एस पेनले पनि पानी मुनि गएर लेख्न सकिन्छ ।Samsung Galaxy Note 7_02

आइरिस स्क्यानर

यो स्मार्टफोनलाई प्रयोगकर्ताका लागि मात्र सुरक्षित बनाउन यसमा आइरिस स्क्यानर प्रयोग गरिएको छ, जुन सामसंग पेका लागि प्रयोग गरिने फिंगरप्रिन्ट रिडरलाई छिट्टै हटाउनेछ ।

सामसंग ग्यालेक्सी नोट सेभेन बुधवारदेखि नै प्रि अर्डर गर्न सकिन्छ । यसको विश्व बजारमा बिक्री अगस्ट १९ तारिखदेखि मात्र शुरु हुनेछ ।
यो स्मार्टफोन एस सेभेन लाइनअप जस्तै गियर भिआरसँग सिमित अवधिका लागि बण्डल गरिने छ भने नोट सेभेनको खरिदमा गियर फिट टू स्मार्ट ब्याण्ड अथवा २५६ जीबीको माइक्रो एसडी कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।samsung_galaxy_note7

यो फोन ब्लू कोरल, ओनेक्स ब्ल्याक, सिल्भर टाइटानियम र गोल्ड कलर अप्सनमा उपलब्ध हुनेछ । यो स्मार्टफोनको मूल्यको बारेमा भने अझैपनि जानकारी दिईएको छैन् ।

Global Bank
easy care

प्रकाशित: १८ श्रावण २०७३, मंगलवार

ताजा समाचार