सामसंग प्लाजा कार्निभल सम्पन्न, ५ उपहार विजेताहरुको घोषणा

Technology Khabar २४ असार २०७३, शुक्रबार

सामसंग प्लाजा कार्निभल सम्पन्न, ५ उपहार विजेताहरुको घोषणा

काठमाडौं ।

काठमाडौं, २४ असार । सामसंग प्लाजा कार्निभल सम्पन्न भएको छ । विभिन्न स्थानमा आयोजना गरिएको कार्निभलका साप्ताहिक भाग्यशाली बिजयीहरुको नामावली पनि सार्वजनिक गरिएको छ । यो कार्निभल उपत्यकाका ७ वटा स्थानहरुमा आयोजना गरिएको थियो ।

साप्ताहिक भाग्यशाली बिजेताहरुमध्ये नयाँ बानेश्वरमा विजय राईले, सिभिलमल, कुपण्डोलमा अरबिन्द श्रेष्ठले, भक्तपुरमा नातिकाजी गुरुंगले, के.एल. टावरमा दोर्जे लामाले टाइमेक्स घडि जित्न सफल भए र कुमारीपाटिमा सनिश महर्जनले १६ जीबीको पेनड्राईभ जित्न सफल भएको कम्पनीले जानकारी दिएको छ ।

सामसंग कार्निभल सबैभन्दा पहिले कुमारीपाटि र के एल टावरमा २९ जूनदेखि ३ जून सम्म आयोजना भएको थियो भने, नयाँ बानेश्वरमा जून ५ देखि जून १० सम्म, कुपण्डोलमा जून ५ देखि जून १७ सम्म, सिभिल मल र भक्तपुरमा जून १२ देखि जून १७ सम्म र महाराजगंजमा जून १९ देखि जून २४ सम्म आयोजना भएर समापन भएको थियो ।

कार्निभलको अवसरमा विभिन्न किसिमका छुटहरु खरिदको समयमा प्रदान गरिएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २४ असार २०७३, शुक्रबार