एन्ड्रोयड ‘एन’ अब एन्ड्रोयड ‘नुगट’ भयो, मिठाईमा आधारित नाम

Technology Khabar १७ असार २०७३, शुक्रबार

एन्ड्रोयड ‘एन’ अब एन्ड्रोयड ‘नुगट’ भयो, मिठाईमा आधारित नाम

काठमाडौं ।

काठमाडौं, १७ असार । गूगलले एन्ड्रोयड अपरेटिंग सिस्टमको नयाँ संस्करणको नाम सुनिश्चित गरेको छ । गूगलले एन्ड्रोयडको नयाँ भर्सनको नाम नुगट (Nougat) राख्ने निश्चित भएको छ । एन्ड्रोयड ७.० (Android 7.0) संस्करणलाई हालसम्म एन्ड्रोयड एन (Android N) भनेर चिनिँदै आएको थियो, जून गूगलले डेभलपर्ससँग नयाँ सफ्टवेयर परिक्षण गर्नुभन्दा पहिले सार्वजनिक गरिएको थियो ।

एन्ड्रोयडको नयाँ भर्सनको नाम जुन ३० मा गूगलको मूख्यालयमा आयोजित कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । एन्ड्रोयडको नयाँ संस्करणको नाम नुगटको अर्थ चकलेटमा डुबाएर तयार पारिएका चक्लेट बार भनेर बुझिन्छ ।

गूगलले मे महिनामा सर्वसाधरणहरुबाट पछिल्लो एन्ड्रोयड संस्करणको नाम सुझाउन सार्वजनिक आव्हान गरेको थियो । कम्पनीले घोषणा गरेको नयाँ नाम, जुन यसअघिको जस्तै मिठाईहरुको नामबाट ल्याईएको हो । हाल बजारमा किटक्याट, ललीपप र मार्शमाल्लो संस्करणमा आधारित स्मार्टफोनहरु संचालनमा रहेका छन् । एन्ड्रोयड नुगटको पूर्ण संस्करण भने यो गर्मीको मौसमपछि मात्र सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

स्रोत

easy care

प्रकाशित: १७ असार २०७३, शुक्रबार

ताजा समाचार