एसरको १४ घण्टासम्म ब्याकअप दिने नोटबुक, मूल्य केबल २९९ अमेरिकी डलर

Technology Khabar १८ चैत्र २०७२, बिहीबार

एसरको १४ घण्टासम्म ब्याकअप दिने नोटबुक, मूल्य केबल २९९ अमेरिकी डलर

काठमाडौं ।

काठमाडौं, १८ चैत । एसरले १४ घण्टासम्मको ब्याकअप भएको क्रोमबुक घोषणा गरेको छ । एसरको क्रोमबुक १४ (Cromebook 14) को दुईवटा भर्सन सार्वजनिक गरेको छ ।

एसरको यो नोटबुक क्रोमको पछिल्लो अपरेटिंग सिस्टममा आधारित रहेको छ भने यो १.६ गीगाहर्जको ड्यूल कोर इन्टेल सेलेरोन ए३०६० मा आधारित रहेको छ । यो नोटबुकमा ४ जीबीको र्याम राखिएको छ ।

एसरको क्रोमबुक १४ मा शतप्रतिशत एल्मुनियम चेसिस प्रयोग गरिएको छ, जसको तौल १ किलो ५४ ग्राम रहेको छ । यसमा यूएसबी ३.१ भर्सन, एचडीएमआई आउट, ब्लूटूथ ४.२ भर्सन, वाईफाईलगायतका फीचर राखिएको छ ।

एसरको क्रोमबुक १४ मा १४ इन्चको आईपीएस फूलएचडी डिस्प्ले प्रयोग गरिएको छ, जसको रिजोल्यूशन १९२०x१०८० पिक्सेल रहेको छ । यो क्रोमबुकको ब्याट्री कति साईजको छ भन्ने कुनै जानकारी नभएपनि यसले १२ घण्टासम्मको ब्याकअप दिने बताईएको छ । acer-chromebook 14-01

यसको दुईवटा संस्करणमध्ये १३६६x७६८ पिक्सेल रिजोल्यूशन भएको नोटबुकमा भने १४ घण्टासम्मको ब्याट्री ब्याकअप दिने कम्पनीले दाबी गरेको छ ।

कम्पनीले ल्याएको दुई संस्करणमध्ये एउटामा ४ जीबी र्याम तथा ३२ जीबीको स्टोरेज छ भने अर्कोमा २ जीबीको र्याम तथा १६ जीबीको संस्करण रहेको छ । तर २ जीबी र्याम भेरियन्टको मूल्य कति हो भनेर कम्पनीले जानकारी दिएको छैन् ।

क्रोमबुक विशेषगरि इन्टरनेट ब्राउजिंगका लागि बनाईएको हुन्छ । एसरको यो क्रोमबुक हेर्दा म्याकबुक एयर जस्तै देखिन्छ । यो क्रोमबुक मल्टिटास्क तथा अनलाइन गेमि‌गका लागि उपयुक्त भएको कम्पनीकाे भनाई छ ।

कम्पनीले ४ जीबी र्याम भएको नोटबुकको मूल्य केबल २९९ अमेरिकी डलर अर्थात करिब ३२ हजार रुपैंया तोकेको छ ।

यो फोन यहि अप्रिलदेखि अमेरिकी बजारमा उपलब्ध हुने बताईएको भएपनि अन्य बजारमा कहिले आउँछ भन्ने कुनै जानकारी छैन् ।

माध्यम   स्रोत

easy care

प्रकाशित: १८ चैत्र २०७२, बिहीबार