कलर्स के थ्री स्मार्टफोन किन्दा १०,००० एमएएचको पावरब्यांक उपहार

Technology Khabar ७ चैत्र २०७२, आईतवार

कलर्स के थ्री स्मार्टफोन किन्दा १०,००० एमएएचको पावरब्यांक उपहार

काठमाडौं ।

काठमाडौं, ७ चैत । कलर्सले ग्राहकहरुका लागि कलर्सको के थ्री स्मार्टफोन खरिदमा नयाँ अफर लागू गरेको छ । कलर्स पर्ल ब्ल्याक के थ्री (Colors Pearl Black K3) स्मार्टफोन खरिद गर्दा ग्राहकहरुले कलर्स पावर प्लस पावरब्यांक उपहारमा प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

नेपाली ब्राण्डको रुपमा परिचित कलर्सले मध्य उच्च तहको स्मार्टफोनको रुपमा बजारमा बिक्री गरिरहेको कलर्स के थ्री स्मार्टफोन खरिदमा १०,००० एमएएच क्षमताको कलर्स प्लस पावरब्यांक दिने योजना ल्याएको हो ।

कलर्सको पावर प्लस पावरब्यांकको मूल्य ३ हजार रुपैँया पर्ने तथा कलर्सको के थ्री स्मार्टफोनको मूल्य २०,९९९ रुपैंया तोकिएको कम्पनीले उल्लेख गरेको छ । Colors Mobile - K3 2016-03-20 18-56-39

कलर्सले ग्राहकहरुलाई दिने पावरब्यांकमा डिजिटल डिस्प्ले रहेको छ भने यसमा दुईवटा यूएसबी पोर्ट रहेको छ । त्यसैगरी पाबरब्यांक चार्ज गर्नका लागि छुट्टै पोर्ट पनि उपलब्ध रहेको तस्वीरमा देखिन्छ ।

कलर्स पर्ल ब्ल्याक के थ्री स्मार्टफोनमा ५ इन्चको एचडी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १२८०x७२० रहेको छ ।

यो फोनमा ३ जीबीको र्याम तथा ३२ जीबीको स्टोरेज राखिएको छ, जसलाई माइक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ ।

के थ्रीमा एलईडी फ्ल्याशसहितको १३ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ ।

यो फोनमा १.३ गीगाहर्जको क्वाड-कोर कोर्टेक्स ए ५३ मिडियिाटेक एमटि ६७३५ चीपसेट प्रयोग गरिएको छ ।

एन्ड्रोयडको ललीपप ५.१ अपरेटिंग सिस्टममा आधारित यो स्मार्टफोनमा २३५० एमएएचको ब्याट्री राखिएको छ । कम्पनीकाअनुसार यसको ब्याट्रीले ३८५ घण्टा स्ट्याण्डबाई टाइम दिन्छ ।

यो फोनमा दुई सिम प्रयोग गर्न सकिन्छ भने कनेक्टिभिटीका लागि एलटीई, जीपीआरएस, माइक्रो यूएसबी, ब्लूटूथ ४.० भर्सन, वाईफाई लगायत रहेका छन् ।

easy care

प्रकाशित: ७ चैत्र २०७२, आईतवार