कलर्सको प्राइड ५सि र प्राइड ५इ बजारमा, एण्ड्रोइड गोमा आधारित कलर्सको पहिलो फोन

Technology Khabar १३ भाद्र २०७५, बुधबार

कलर्सको प्राइड ५सि र प्राइड ५इ बजारमा, एण्ड्रोइड गोमा आधारित कलर्सको पहिलो फोन

काठमाडौं ।

काठमाडौं । कलर्स मोबाइलले प्राइड सिरिज अन्तर्गत आफ्नो नयाँ शृंखला प्राइड ५सि र प्राइड ५इ प्रस्तुत गरेको छ ।

नयाँ प्राइड ५ सि र प्राइड ५ इ मा एण्ड्रोइड गो को नयाँ सुविधा छ जसले एपको साइज ५० प्रतिशतले कम गरिदिन्छ भने स्टोरेज क्षमता समेत वृद्धि गरिदिन्छ र राम्रो दृश्य देखिनका लागि १८ः९ को फुल भ्यु डिस्प्ले छ ।

फोनमा १८ः९ रेसियो डिस्प्ले छ भने एनसेलको ३००० एमबि डाटा पनि सित्तैमा पाइने कम्पनीले जानकारी दिएको छ ।

‘एण्ड्रोइड गो र १८ः९ फुल भ्यु डिस्प्ले देखिने स्क्रिनको विशेषताहरुका साथ, जसले ग्राहकहरुलाई ठूलो चौडा आकारको डिस्प्लेमा हेर्नुको आनन्दायक अनुभूति प्रदान गर्नेछ । यसले प्रयोगकर्ताहरु लाई सन्तुष्ट तुल्याउनेमा हामी विश्वस्त छौं,’ टेलिटक प्रा.लि.का प्रबन्ध निर्देशक प्रतिक जलानले बिक्री शुरु गर्दै भने ।

यी फोनहरुमा अगाडी र पछाडी दुबै तर्फ ५ मेगापिक्सलको क्यामरा र सेल्फि फ्ल्यास जडित छन् ।

नयाँ प्राइड ५ सिरिजमा १.३ गिगाहर्ज प्रोसेसरको पावर्ड छ भनें फोटो, गीत संगीत र भिडियोहरु स्टोरेज गर्न १ जीबी र्याम, ८ जीबी रोमको क्षमतायुक्त छ, यस्तै नवीनतम् एण्ड्रोइड गा भर्सन ओरियोद्वारा साथ दिइएको एपहरु यसमा जडित छन् जसले फोनको कार्य क्षमता अभिवृद्धि गर्न खासमा मद्दत गर्दछ । प्राइड ५ इ फोर जी र प्राइड ५ सि थ्रीजीलाई साथदिने खालका छन् र यी फोनहरुमा ५ इन्च एवं १८ः९ अनुपातीय २.५ डि डिस्प्ले रहेको छ ।

बजारमा उपलब्ध पछिल्लो प्रविधिका यी फोनहरु मध्ये प्राइड ५ सि को मूल्य ७,५९५ रुपैंया र प्राइड ५ इको मूल्य ८,९९५ रुपैयाँ कायम गरिएको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

[poll id=”3″]

Sajilo Visa

प्रकाशित: १३ भाद्र २०७५, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार