कलर्स मोबाइलको शतप्रतिशत क्यास ब्याक अफर

Technology Khabar २० भाद्र २०७४, मंगलवार

कलर्स मोबाइलको शतप्रतिशत क्यास ब्याक अफर

काठमाडौं ।

काठमाडौं, २० भदौ । कलर्स मोबाइलले पर्वमय उत्सवको अवसर पारेर एक पर्वोत्सव उपहार योजना १०० प्रतिशत क्यास ब्याक अफर शुरु गरेको छ । यो योजना कलर्स मोबाइलका प्राइड मोबाइल सिरिजहरु पि४५, पि५५ सेल्फि र पि ७०सेल्फि युको खरीदमा लागू गरिएको कम्पनीले जानकारी गराएको छ ।

हरेक हप्ता ५० जना विजेताहरुको नाम उद्घोष गरिनेछ जसले १०० प्रतिशत नगद फिर्ताका साथै कलर्स मोबाइलको तर्फबाट अन्य आकर्षक उपहारहरु प्राप्त गर्ने बताईएको छ ।

यी नयाँ श्रृंखलाका फोनहरु तिनमा रहेको क्यामराका कारण उत्कृष्ट रहेका छन् । पि ४५ यसको अग्रभागमा भएको २ मेगापिक्सल र पछाडी भागमा रहेको ५ मेगा पिक्सल क्यामराको लागि प्रसिद्ध छ भनें पि५५ सेल्फि अग्रभागमा भएको २ मेगापिक्सल र पछाडी भागमा रहेको ५ मेगा पिक्सल क्यामरा एवं दुवैतिर फ्ल्यासले गर्दा चर्चित छ र पि ७० सेल्फि युको दुवै साइडमा ८ मेगा पिक्सल क्यामरा सहित फ्ल्यास जडान गरिएको छ ।

यी फोनहरुलाई बजार उपलब्ध गराउनुको मुख्य ध्येय भनेकै कम मुल्यका स्मार्ट फोनहरुमा गुणस्तरीय क्यामरा जडान गरिएका हुन्नन भन्ने अवधारणाबाट उपभोक्ताहरुलाई मुक्त गराउनु रहेको कम्पनीले जानकारी गराएको छ।

‘यो पर्वमय अवसरमा कलर्स मोबाइल आफ्ना ग्राहकहरुलाई उनीहरुका आफन्तजनसँगको सामिप्यतालाई आत्मीय बनाउनः उनीहरुसँग उत्कृष्ट गुणस्तरको फोनमार्फत् कुराकानी गराउनः खुशीका रँगीन पलहरुलाई क्यामरामा कैद गरेर वर्षौंसम्म त्यसको सम्झना गराइ राख्ने चाहना राख्छ,’ टेलिटक प्रालिका सिइओ सञ्जय अग्रवालले भने ।

easy care

प्रकाशित: २० भाद्र २०७४, मंगलवार

ताजा समाचार