Technology Khabar ५ बैशाख २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, ५ वैशाख । कलर्स मोबाइलले शक्तिशाली ब्याट्री क्षमतासहितको इलिट सिरिजमा नयाँ स्मार्टफोन इ–१५ नेपाली बजारमा ल्याएको छ ।
कलर्सको इ १५ स्मार्टफोनमा ५००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री एवं पावर बैंक प्रणाली रहेको छ । यो मोबाइल नेपाली ब्रान्डको अत्याधिक क्षमताको ब्याट्री भएको एक मात्र मोबाइल फोन भएको र पावर सेभिङ मोडमा निरन्तर टू जी नेटवर्कमा १४५० घण्टासम्म संचालन हुने कम्पनीको दाबी छ ।
कलर्सको इ १५ स्मार्टफोनमा ५००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री एवं पावर बैंक प्रणाली
इ–१५का साथमा कलर्सले सबै नयाँ डाटा सेभर एप्लिकेसन पनि उपलब्ध गराएको छ, कलर्स–लाइट एपले इन्टरनेट चलाउनमा मद्दत गर्नका साथै प्रभावकारिता वृद्धिमा पनि सहयोग गर्ने बताईएको छ ।
“नेपालको आफ्नै उत्पादनमा ५००० एमएएच क्षमताको ब्याट्री हुनु र त्यो पनि पावर बैंक विशेषताहरु र छिटो चार्ज हुने खुबीयुक्त हुनु आफैमा सर्वोत्कृष्ट गुण हो । यतिमात्र होइन हामीले नेपालको पहिलो डाटा सेभिङ एप पनि उपलब्ध गराएका छौं जुन इ-१५ देखि अब सबै मोबाइलमै जडित हुनेछ ।” टेलिटक प्रा.लि.का प्रमुख कार्यकारी अधिकृ सञ्जय अग्रवालले भने ।
कलर्स एक्स फ्याक्टर इ-१५ एण्ड्रोइड ललिपप ५.१ अपरेटिंग सिस्टममा आधारित रहेको छ भने यसमा ५ इन्चको एचडि आइपीएस स्क्रिन रहेको छ । यसको डिस्प्लेलाई ड्र्यागन ट्रेल ग्लासद्धारा सुरक्षित पारिएको छ । यसमा खराबी आएमा ६ महिनाको वारेन्टी पनि प्रदान गरिएको छ ।
५ इन्चको एचडि आइपीएस स्क्रिन
यो मोबाइलमा १६ जीबीको इन्टरनल स्टोरेज राखिएको छ भने २ जीबीको र्याम रहेको छ । यसको स्टोरेजलाई ३२ जिबीसम्म बढाउन पनि सकिन्छ ।
कलर्सको इ-१५ स्मार्टफोनमा ८ मेगापिक्सलको रियर क्यामरा तथा सेल्फीका लागि ५ मेगा पिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।
यो मोबाइलमा १.३ गेगाहर्जको क्वाड कोर प्रोसेसर रहेको छ भने यसबाट अरु उपकरणहरु पनि चार्ज गर्न सकिन्छ । लो मिड रेन्जमा आएको कलर्स इ-१५ स्मार्टफोनको मूल्य रु.१३,९९५ मात्र तोकेको कम्पनीले जानकारी दिएको छ ।
कलर्स इ-१५ स्मार्टफोनको मूल्य रु.१३,९९५ मात्र
“नयाँ कलर्स एक्स फ्याक्टर इलिट इ–१५ मोबाइलका पारखीहरुका लागि नयाँ वर्ष २०७३ को एक नव उपहार हो । हामीले इलिट सिरिज अन्तर्गतको यो उत्पादन शृँखलाबाट ठूलो अपेक्षा राखेका छौं ।” कलर्स मोबाइलका बजार व्यवस्थापक राजजङ्ग थापाले भने ।
प्रकाशित: ५ बैशाख २०७३, आईतवार