कलर्सको सिडीएमए र जिएसएमका थप मोवाइल सेटहरु बजारमा

Technology Khabar २४ पुष २०७१, बिहीबार

कलर्सको सिडीएमए र जिएसएमका थप मोवाइल सेटहरु बजारमा

काठमाडौं ।

काठमाडौं, २४ पुस । नेपालको लागी कलर्स मोवाइलको आधिकारिक बिक्रेता टेलीटक प्रालीले सिडीएमए सर्भिस र जिएसएम सर्भिसका थप नयाँ सेटहरु बजारमा ल्याएको छ ।

जेट सिरिजका जेड ट्वान्टिटु स्पार्क (Z22 Spark) र जेड ट्वान्टिफोर ग्लो (Z24 Glow) नामक मेटालिक सेटहरु जिएसएम सेट ल्याएको छ भने सिजी सेभेनफिप्टी (CG750) सिडिएमए सेट बजारमा ल्याएको हो ।

जेट सिरिजका यी वारफोनहरु आकर्षक मोडल, बलियोलगायत सम्पुर्ण अडियो भिडियो सपोर्ट गर्ने र आफ्नो बजेटमा खरिद गर्न चाहना राख्ने उपभोक्ताहरुमाझ बढि लोकप्रिय हुने कम्पनीको ठहर छ । २.४ ईन्चको क्युभिजिए स्क्रिन भएको र दुईवटा सिम प्रयोग गर्न मिल्ने यी मोवाईलमा व्लूटुथ, टर्च लाईट, एमपिथ्री, एमपिफोर लगायत डिजिटल क्यामरापनि राखिएको छ । Z24

जेड ट्वान्टिटु स्पार्कमा १५०० एमएएचको शक्तिशाली व्याट्रि रहेको छ भने जेड ट्वान्टिफोर ग्लो मोडलका मोबाइलहरुमा १००० एमएएचको व्याट्रि रहेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । CG750

सिडीएमए सपोर्ट गर्ने सिजी सिरिजका दुई वटा सिम प्रयोग गर्न सकिने सेट २५६ एमबी रोम र १२८ एमबी र्याम युक्त भएकाले मोवाईलमा बिभिन्न प्रकारका कामहरु एकै समयमा गर्न सकिनेछ । १.८ ईन्चको स्क्रिन र १५०० एमएएचको व्याट्रि व्याकअप भएकाले यो मोवाईल अझै लोकप्रिय हुने विश्वास गरिएको छ ।

मोवाईलमा एफएम रेडियो, क्यामेरा, एमपिथ्री एमपिफोरलगायत व्लूटुथ टर्च र व्यापहरु उपलब्ध छन् र मेमोरी १६ जिबी सम्म बढाउन सकिनेछ ।

नेपालमा कलर्स मोवाइलको २८ वटा सर्भिस सेन्टरहरु रहेका छन् ।

easy care

प्रकाशित: २४ पुष २०७१, बिहीबार