कम अलाइभमा सहभागी बन्न कलर्स मोबाइलको आह्वान

Technology Khabar २४ श्रावण २०७२, आईतवार

कम अलाइभमा सहभागी बन्न कलर्स मोबाइलको आह्वान
Global IME Bank

काठमाडौं ।

काठमाडौं, २४ साउन । कलर्स मोबाइलले नेपालको पुनःसंरचना र पुर्ननिमार्णको सन्दर्भमा संचालित ‘कम अलाइभ नेपाल’ अभियानमा सक्रिय सहभागी बन्न नेपाली युवाहरुलाई आह्वान गरेको छ । युवाहरुलाई उनीहरुको नवीन सोच र सुझावका साथ नेपाललाई फेरि एकपटक ब्युँताउने कार्यमा योगदान दिन आग्रह गरेको छ ।

उक्त अभियान अन्तरगत सहभागिहरुले आफ्ना सुझावहरु सामाजिक सञ्जाल जस्तै फेसबुक र ट्वीटर मार्फत्  hashtag come alive nepal (#comealivenepal) प्रयोग गरेर दिन सक्ने कम्पनीले जनाएको छ ।

कलर्स मोबाइलले राष्ट्रको अपेक्षा अब युवाहरुको पुनरागमन र समर्पणमै निहित रहेको विश्वास गर्दै कम अलाईभ अभियानमा अहिलेसम्म ८,००० जनाले सहभागिता जनाइसकेका बताईएको छ ।

कम अलाइभ नेपाल एउटा सामाजिक उत्तरदायित्व अभियान हो, जसको शुरुवात भुकम्प गएलगत्तै गरिएको थियो । यस अभियानअन्तर्गत कलर्स मोबाइलले स्टोरी साइकल संस्थासँग मिलेर ‘गिफ्ट ए रिलिफ’ अभियानमा राताटार, सिन्धुलीमा ४० भन्दा बढी सौय बत्ती जडित अस्थायी टहराहरु निर्माण गरेको थियो । साथै भुकम्प पिडितहरुलाई आफ्नो प्रियजनहरुसँग सम्पर्क बनाइराख्नको निम्ति आम जनतासँग पुरानो मोबाइल फोन संकलन गरी वितरण गरेको थियो  ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २४ श्रावण २०७२, आईतवार

ताजा समाचार