हुवावे मेट एट नेपालमा सार्वजनिक हुँदै, ८० हजार रुपैंयामा खरिद गर्न सकिने

Technology Khabar १४ फाल्गुन २०७२, शुक्रबार

हुवावे मेट एट नेपालमा सार्वजनिक हुँदै, ८० हजार रुपैंयामा खरिद गर्न सकिने

काठमाडौं ।

काठमाडौं, १४ फागुन । हुवावेको पछिल्लो फ्ल्यागशिप फोन मेट एट (Mate 8) आगामी साता नेपालमा सार्वजनिक हुने भएको छ । हुवावेले आउँदो आईतवार एक कार्यक्रमका बिच फ्ल्यागशिप फोन मेट एट नेपाली बजारमा उपलब्ध हुने घोषणा गर्न लागेको हो ।

कम्पनीनले मेट एट नेपालमा सार्वजनिक गर्न काठमाडौंमा विशेष कार्यक्रम गर्न लागेको छ । कम्पनीले मेट एट सार्वजनिक गर्ने कार्यक्रमका लागि विभिन्न संचारमाध्यमहरुलाई निम्तो पनि पठाईसकेको छ । नेपालमा हुवावेका मोबाइल फोनहरु कल मोबिलिटीले बिक्री गर्दै आएको छ ।

हुवावे मेट एट कम्पनीको पछिल्लो बजारमा उपलब्ध भएको स्मार्टफोन हो । यो स्मार्टफोन प्रिमियम सेगेमेन्टको स्मार्टफोन हो । कम्पनीले यसलाई नेपाली बजारमा प्रिमियम तहको फोनको रुपमा सार्वजनिक गर्नेछ ।

यसअघि कम्पनीले विश्व बजारका लागि सन् २०१५मा चीनमा सार्वजनिक गरेको थियो भने एशियाली मुलुकका लागि थाईल्याण्डमा एक कार्यक्रमका बिच केहि दिनअघि सार्वजनिक गरेको थियो । कम्पनीले यसअघि सार्वजनिक गरेको हुवावे एसेन्ड मेट सेभेनको (Huawei Ascend Mate 7) नयाँ संस्करणको रुपमा हुवावे मेट एट ल्याएको हो । एसेन्ड नामलाई भने कम्पनीले मेट एटमा हटाएको छ ।Huawei Mate 8 Back

यो स्मार्टफोन ६ इन्चको स्क्रीनसहितको फ्याबलेट हो, जुन बजारमा उपलब्ध फ्याबलेटबिच उत्कृष्ट मध्ये एक हो । यसको पिक्चर रिजोल्यूशन १०८०ह्१९२० पिक्सेल रहेको छ भने कोर्निग गोरिल्ला ग्लास फोरद्धारा सुरक्षित पारिएको छ ।

हुवावे मेट एटमा ही सिलिकन किरिन ९५० (HiSilicon Kirin 950) चीपसेट प्रयोग गरिएको छ भने यसमा २.३ गीगाहर्जको क्वाड-कोर कोर्टेक्स ए७२ का साथमा १.८ गीगाहर्जको कोर्टेक्स ए ५३ चीपसेट राखिएको छ । त्यसैगरी ग्राफिक्सका लागि माली टी ८८० एमपी ४ (Mali T880 MP4) प्रयोग गरिएको छ ।

कम्पनीले मेट एटको ३ जीबी र्याम र ४ जीबी र्याम भएको दुई भर्सनको फोन सार्वजनिक गरेको छ जुन बजारअनुसार फरक हुनेछ । त्यसैगरी ३ जीबीको लागि ३२ जीबीको आन्तरिक स्टोरेज तथा ४ जीबीका लागि ६४ जीबीको इन्टरनल स्टोरेज प्रयोग गरिएको छ । यसको स्टोरेजलाई माइक्रो एसडी कार्डद्धारा १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।

मेट एटमा ड्यूल एलईडी सहितको १६ मेगापिक्सेलको अटोफोकस क्यामरा छ भने ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

यो फोनको मूख्य विशेषता भनेको यसमा हुवावेले फिंगरप्रिन्ट सेन्सर राखेको छ ।

हुवावे मेट एटमा कनेक्टिभिटीका लागि फोरजी वाईफाई, ब्लूटूथ ४.२ भर्सन, नियर फील्ड कम्प्यूनिकेसन, माइक्रो यूएसबी २.० रहेको छ भने एक्सेलेरोमिटर, गाईरो, ब्यारोमिटर लगायतका फीचर छन् ।

एन्ड्रोयडको मार्शमाल्लो ६.० भर्सनमा आधारित हुवावेको आफ्नै इमोशन यूआई ४.० राखिएको यो फोनमा झिक्न नमिल्ने ४,००० एमएएचको नन रिमूभेवल ब्याट्री राखेको छ ।

दुई सिम प्रयोग गर्न मिल्ने यो स्मार्टफोन स्याम्पेन गोल्ड, मूनलाईट सिल्भर, स्पे ग्रे तथा मोक्चा ब्राउन कलरमा उपलब्ध छ ।

हुवावेले मेट एट नेपाली बजारमा करिब ८० हजार रुपैंयाको हाराहारीमा उपलब्ध गराउने कम्पनी स्रोतले जानकारी दिएको छ । विश्व बजारमा यो फोनको ४ जीबी र्याम र ६४ जिबी भर्सन करिब ७०० यूरोमा उपलब्ध रहेको छ । त्यसैगरी नेपाली बजारमा ३ जीबी र्यामको हुवावे मेट ८ मात्र उपलब्ध हुने स्रोतको भनाई छ ।

easy care

प्रकाशित: १४ फाल्गुन २०७२, शुक्रबार