एप्पलको ४ इन्चको फोन ‘आईफोन ५ एसई’ हुने, ए नाइन चीपसहित एप्पल पे र थ्रीडी टच फीचर

Technology Khabar ११ माघ २०७२, सोमबार

एप्पलको ४ इन्चको फोन ‘आईफोन ५ एसई’ हुने, ए नाइन चीपसहित एप्पल पे र थ्रीडी टच फीचर
आईफोन फाइभ एसई नाम दिईएको ४ इन्चको फोनको ‘लीक’ तस्विर

काठमाडौं ।

काठमाडौं, ११ माघ । एप्पलले छिटै चार इन्चको डिस्प्ले भएको आईफोनको घोषणा गर्ने भएको छ । कम्पनीले आईफोन सिक्स सिरिजका फोनहरु ठूला साइजका डिस्प्लेहरुमा ल्याएपनि पुनः ४ इन्चको डिस्प्ले भएका आईफोन ल्याउने तयारी गरिरहेको हो ।

कम्पनीले यहि मार्च महिनाको मध्यमा नयाँ आईफोनको घोषणा गर्ने अनुमान गरिएको छ । एप्पलको चार इन्चको डिस्प्ले भएको आईफोनको नाम संभवत आईफोन फाइभ एसई (iPhone 5se) हुने संभावना रहेको एक रिपोर्टले उल्लेख गरेको छ । नयाँ ४ इन्चको आईफोनको भनिएको फाइभ एसईको तस्विर पनि लीक भएको छ।

यसअघि ४ इन्चको डिस्प्ले भएको आईफोनको नाम कसैले आईफोन सेभेन सी (iPhone 7C), आईफोन सिक्स सी (iPhone 6C) तथा आईफोन फाइभ ई (iPhone 5e) हुने बताएपनि नयाँ रिपोर्टअनुसार यसलाई आईफोन फाइभ एसई हुने नाइनटूफाइभम्याकले उल्लेख गरेको छ ।

पछिल्लो रिपोर्टकाअनुसार नयाँ एप्पल आईफोन फाइभ एस (iPhone 5s) को अपग्रेडको रुपमा आउनेछ, जसमा द्रूत गतिको प्रोसेसर, एप्पल पे, नयाँ क्यामरा फीचरहरु, तथा कभ्र्ड ग्लास एज हुनेछ । नयाँ फोनमा आईफोन फाइभ एस, आईफोन सिक्स तथा आईफोन सिक्स एसको समिश्रण हुने अनुमान रहेको छ ।

एप्पलको निर्माण क्षेत्रमा नयाँ डिभाइसको बारेमा विभिन्न प्रोटोटाइपको बारेमा कामहरु भईरहेका छन् । कुनै ए एट तथा एम ८ (M8) चीपसेटसहित भईरहेका छन्, जुन आईफोनको सिक्स एसको ए ९ (A9) तथा एम ९ (M9) प्रोसेसर जस्तै रहेका छन् ।

Apple Devices
विभिन्न आईफोनहरु

नयाँ आईफोन फाइभ एसईमा ए नाईन तथा एम नाइन चीप नै हुनसक्ने अनुमान गरिएको छ । किनकी आईफोन सेभेनमा एप्पलको अहिलेसम्मकै शक्तिशाली चीप संभवत ए १० (A10) प्रोसेसर राखिनेछ । एप्पलले ए नाइन भन्दा तलको चीप राख्ने संभावना कम छ किनकी अहिलेको ए नाइन चीप भएको आईफोन सिक्समा सिरि भन्ने फीचर राखिएको छ, जसलाई कम्पनीले ‘हे सिरि’ (Hey Siri) नामाकरण गरेको छ ।

एप्पलले ल्याउन लागेको आईफोन फाइभ एसई आईफोन फाइभ एसको सफलतालाई माथि उठाउने अनुमान गरिएको छ । नयाँ डिभाइस १६ जीबी स्टोरेज क्षमतामा आउने छ भने यसअघि को फाइभ सीको २१ जीबी भन्दा ६४ जीबी स्टोरेजमा पनि आउनसक्नेछ ।

नयाँ फोन संभवत मार्च १४ तारिखको सातामा सार्वजनिक गर्न सक्ने योजना बनाईरहेको बताईएको छ । यो घोषणा एक कार्यक्रम अथवा अनलाइन घोषणामा आधारित हुनसक्नेछ ।

त्यसैगरी यो नयाँ फोनमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा १.२ मेगापिक्सेलको फ्रन्ट क्यामरासहित आउनेछ ।

easy care

प्रकाशित: ११ माघ २०७२, सोमबार

ताजा समाचार