केबल २ रुपैंयामा स्मार्टफोन प्राप्त गर्न सकिने, मेजू ‘एमटू’को प्रबद्र्धनात्मक योजना

Technology Khabar १ पुष २०७२, बुधबार

केबल २ रुपैंयामा स्मार्टफोन प्राप्त गर्न सकिने, मेजू ‘एमटू’को प्रबद्र्धनात्मक योजना

काठमाडौं ।

काठमाडौं, १ पुस । तपाईँले करिब २ रुपैंयामा स्मार्टफोन खरिद गर्न सकिन्छ भनेर कल्पना पनि गर्नु हुन्न होला । तर अब तपाईँले करिब २ रुपैंयामा नै बजेट स्मार्टफोन खरिद गर्न सक्नुहुने भएको छ । चीनको एउटा स्मार्टफोन निर्माता कम्पनीले करिब २ रुपैंयामा स्मार्टफोन आफ्ना ग्राहकहरुलाई बेच्ने योजना सार्वजनिक गरेको छ ।

चीनियाँ स्मार्टफोन कम्पनी मेजूले (Meizu) बजेट स्मार्टफोनको प्रबद्र्धन गर्नका लागि नयाँ प्रोमोशनल कन्टेस्ट शुरु गरेको छ । तर यो योजना नेपालमा नभएर भारतीय बजारका लागी मात्र हो । मेजूले भारतीय बजारमा बजेट स्मार्टफोन एमटूको (M2) प्रबद्र्धनात्मक प्रतियोगिताअन्तरगत भाग्यशाली विजेतालाई करिब २ रुपैंयामा स्मार्टफोन बिक्री गर्ने भएको छ ।

कम्पनीले यो योजना केबल भारतीय बजारमा मात्र शुरु गरेको छ । यो योजना ‘एमटूफोरवान’ (#m2for1)अन्तरगत भाग्यशाली बिजेताले एमटू स्मार्टफोन १ भारु (अर्थात १ रुपैंया ६० पैसा नेपाली रुपैंया) मा खरिद गर्न पाउनेछन् ।Meizu M2

यो स्मार्टफोनको कन्टेस्टमा भागलिन कम्पनीको सोशल मिडियामा लगइन गर्नुपर्ने हुन्छ । कम्पनीले यो योजना यहि १५ डिसेम्बरदेखि २१ डिसेम्बरसम्म संचालन गर्नेछ । भारतीय बजारमा मेजूको एमटू स्मार्टफोनको मूल्य ६,९९९ भारु रहेको छ ।

यो प्रतियोगितामा भागलिन तथा पुरस्कार जित्नका लागि प्रयोगकर्ताले मेजूको लोगो हेडसेटमा कहाँ राखेको हेर्न चाहन्छन भनेर उत्तर दिनुपर्ने हुन्छ । यो कन्टेस्टमा भागलिनका लागि यूजर्सले आफ्नो सोचअनुसारको कम्पनीको लोगो बनाउनुपर्नेछ र त्यसलाई कम्पनीको सोशल मिडिया ह्याण्डमा ह्याशट्याग गरेर पोस्ट गर्नुपर्नेछ । कम्पनीले यो प्रतिस्पर्धामा सहभागी हुन अन्य विभिन्न नियमहरु पनि लागु गरेको छ ।

मेजूको एमटू स्मार्टफोन आईफोन फाइभ सी को जस्तै पोलिकार्बोनेटेड बडिद्धारा तयार पारिएको छ । यसको ह्वाइट, ब्लू, ग्रे, पिंकसहित कलर अप्शन रहेका छन् । यो फोनको बाहिरी कुनामा म्याग्नेशियम अलोए फ्रेम राखिएको छ, जुन निकै आकर्षक रहेको छ ।

फोनमा १.३ गीगाहर्जको मिडिया टेक क्वाड-कोर प्रोसेसर राखिएको छ भने २ जीबीको र्याम रहेको छ । त्यसैगरी यसमा १६ जीबीको इन्टरनल स्टोरेज राखिएको छ जसलाई माइक्रो एसडी र्काडद्धारा बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।

यो फोनमा दुई सिम सपोर्ट गर्दछ भने एन्ड्रोयडको ललीपप ५.१  भसर्नमा आधारित रहेको छ । यसमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।

easy care

प्रकाशित: १ पुष २०७२, बुधबार