सामसुंग ग्यालेक्सी एस सेभेन प्लसको थ्रीडि भिडियो लीक, एसडी कार्ड नभएको खुलासा

Technology Khabar २५ मंसिर २०७२, शुक्रबार

सामसुंग ग्यालेक्सी एस सेभेन प्लसको थ्रीडि भिडियो लीक, एसडी कार्ड नभएको खुलासा

काठमाडौं ।

काठमाडौं, २५ मंसिर । सामसुंगको नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस सेभेन (Galaxy S7) को बारेमा विभिन्न जानकारी बजारमा आई नै रहेको छ । केहि दिनअघिमात्र सामसुंगको ग्यालेक्सी एस सेभेनको बाहिरी आवरणको बारेमा जानकारीहरु चुहिएको थियो ।

अहिले सामसुंगको नयाँ स्मार्टफोन ग्यालेक्सी एस सेभेन (Galaxy S7) र सेभेन प्लसको (Galaxy S7 Plus) बारेमा बनाईएको थ्रीडि भिडियो (3D Video) सार्वजनिक भएको छ । सामसुंगले ५.१ इन्च स्क्रीन भएको ग्यालेक्सी एस सेभेन र ६ इन्च स्क्रीन भएको एस सेभेन प्लस ल्याउँदै छ । सोहि स्मार्टफोनहरुको बारेमा मोबाइल फोनहरुको जानकारी ‘लीक’ गर्ने अनलीक्स (OnLeaks) तथा यूस्वीच (uSwitch) ले फोनको डिजाइनसहितको नयाँ थ्रीडि भिडियो ‘लीक’ गरेको छ ।MobilesKhabar_2

सार्वजनिक भएको थ्रीडि मोडल भिडियोअनुसार यो फोन ग्यालेक्सी एस सिक्सजस्तै देखिन्छ । फोनको कुना अधिक मोडिएको छ भने फोनको अगाडि र पछाडिको भागमा २.५ डी (2.5D) ग्लासले अझ आकर्षक देखिएको छ ।MobilesKhabar_3

तर यो स्मार्टफोनमा कुनै माइक्रो एसडी कार्ड नरहेको देखिन्छ भने सिम स्लट मात्र राखिएको देखिन्छ । त्यसैगरी यसमा कुनै टाइप सी यूएसबी पनि छैन् । यदि लीक भएको भिडियो सहि हो भने यसमा स्ट्याण्डर्ड माइक्रो एसडी कार्डको बाहिरी आवरण मात्र रहेको छ ।

तर पहिले अनुमान गरिएभन्दा फरक माइक्रो यूएसबी ३.० (Micro USB 3.0) अझै पनि सामसुंगको दिमागका लागि नयाँ नै हो ।MobilesKhabar_4

जे भएपनि भिडियोमा सामसुंग ग्यालेक्सी एस सेभेन प्लसलाई देखाईएको, जसको नाप १६३.३२X८२.०१X७.८२ मिलिमीटर तथा क्यामराको भाग समेत जोड्ने हो भने यो स्मार्टफोन ९.०५ मिलिमीटर मोटाईको रहेको छ ।

यो स्मार्टफोनको होम बटन अवथा फींगरप्रिन्ट रिडरलाई केहि फराकिलो पारिएपनि साँधुरिएको छ । ग्यालेक्सी एस सिक्समा (Galaxy S6) होम बटनको साइज १६X६.७ मिलिमटिर थियो भने एस सेभेनमा १८X५ मिलिमिटर बनाईएको छ । यसको फ्रन्ट फेसिंग क्यामरा पुरै दायाँ भागतिर सारिएको छ ।

सामसुंगको ग्यालेक्सी एस सेभेन ड्यूओ संभवत मोबाइल वल्र्ड कंग्रेसभन्दा केहि साता अगाडि आगामी सन् २०१६ को फ्रेब्रुअरी २१ तारिखमा सार्वजनिक हुनेछ । यो स्मार्टफोनमा क्वालकमको स्न्यापड्रयागन चीपसेटको पुनरागमन हुनेछ भने ठूलो किसिमको ब्राइटसेल क्यामरा राखिनेछ ।

त्यसैगरी यसमा एप्पलको जस्तै थ्रीडि टच पनि हुने अनुमान गरीएको छ ।

यो पनि हेर्नुहोस्-

सामसुंग ग्यालेक्सी एस सेभेन र सेभेन प्लसको बाहिरी आवरणको तस्वीर लीक

easy care

प्रकाशित: २५ मंसिर २०७२, शुक्रबार