सामसुंग ग्यालेक्सी एस सेभेन र सेभेन प्लसको बाहिरी आवरणको तस्वीर लीक

Technology Khabar २२ मंसिर २०७२, मंगलवार

सामसुंग ग्यालेक्सी एस सेभेन र सेभेन प्लसको बाहिरी आवरणको तस्वीर लीक

काठमाडौं ।

काठमाडौं, २२ मंसिर । सामसुंगले सन् २०१६ मा मोबाइल वल्र्ड कंग्रेसमा ग्यालेक्सी एस सिक्सको सफलताको रुपमा नयाँ स्मार्टफोन ग्यालेक्सी एस सेभेन (Galaxy S7) सार्वजनिक गर्ने अपेक्षा गरिरहेको बेलामा यो स्मार्टफोनको बारेमा विभिन्न जानकारीहरु सार्वजनिक हुने क्रममा रहेको छ ।

सामसुंगका ग्यालेक्सी एस सेभेनको भनिएको कथित तस्विर लीक भएको टेक साइट जीएसएमएरेना डटकमले जनाएको छ । ग्यालेक्सी एस सेभेनको लार्ज स्क्रीन भेरिएन्ट इन्टरनेटमा देखिएको छ ।Samsung-Galaxy-S7-Render-Leak-01

ग्यालेक्सी एस सेभेन (Galaxy S7) र ग्यालेक्सी एस सेभेन प्लसको (Galaxy S7 Plus) होल्ड अर्थात बाहिरी खोलको तस्विर तेस्रो पक्षीय निर्माता कम्पनी आईटिस्कीन्सले सार्वजनिक गरेको छ । आईटिस्कीन्सका (ITSKINS) अनुसार सार्वजनिक भएको यो तस्विर सहि नापनक्साअनुसारको होल्डरको फोटो हो ।

यो कथित तस्वीरहेर्दा सामसुंगको ग्यालेक्सी एस सिक्सको नयाँ भर्सन जस्तो देखिन्छ । आईटिस्कीन्सजस्ता कम्पनीहरुले प्रडक्ट लाइनको विभिन्न भागको बारेमा नियन्त्रणमा पहुँच रहेको हुन्छ ।

सार्वजनिक भएको तस्विरमा दुईवटा साइजको होल्ड देखिएको छ, जसमध्ये एउटा १४३.३७X७०.८X६.९४ मिलिमीटर रहेको छ भने अर्को १६३.३२X८२.०१X७.८२ मिलिमीटर रहेको छ । यसमध्येको पहिलो ग्यालेक्सी एस सेभेन र अर्को एस सेभेन प्लसको भएको अनुमान गरिएको छ ।

सामसुंग ग्यालेक्सी एस सेभेन प्लसमा ६ इन्चको डिस्प्ले रहेको अनुमान गरिएपनि सार्वजनिक भएको तस्विरलाई हालसम्म विश्वास गर्न कठिन रहेको छ ।

यो तस्विरमा यूएसबी टाइप सी पोर्ट पनि रहेको छैन् भने सिम कार्ड स्लटलाई पनि माथिल्लो भागबाट हटाएर साइडमा राखिएको छ । त्यसैगरी सामसुंगको स्मार्टफोनहरुमा हुने राउण्ड सेपको होम बटनको स्थानमा रेक्टेंगुलर होम बटन देखिएको छ । Samsung-Galaxy-S7-Render-Leak-02

सामसुंगको नयाँ फ्ल्यागशिप फोनमा क्वालकम स्न्यापड्रयागन ८२० भेरियन्ट अथवा साइनोज ८८९० वान मध्ये कुनै प्रोसेसर रहने संभावना रहेको छ । त्यस्तै यसमा ४ जीबीको र्याम सुधारीएको क्यामरा सेन्सर, यूएसबी टाईप सी कनेक्टर तथा माइक्रो एसडी कार्ड स्लटको पुनरागमन हुने अनुमान गरिएको छ ।Samsung-Galaxy-S7-Render-Leak-03

उता केहि समय अघि चीनको नियमनकारी निकाय टेनाको वेबसाइटमा देखिएको जानकारीमा भने एस सेभेनमा ५.५ इन्चको फूच एडी डिस्प्ले, १.७ गीगाहर्जको ऑक्टा कोर प्रोसेसर, ३ जीबी र्याम, १६ जीबीको आन्तरिक स्टोरेज जसलाई १२८ जीबीसम्म बढाउन सकिनेछ । यसका साथै यो फोन एन्ड्रोयडको ललीपप ५.१.१ मा आधारित हुनेछ भने फोनमा १३ मेगापिक्सेलको रियर तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुने उल्लेख गरिएको थियो ।

सामसुंगको नयाँ ग्यालेक्सी एस सेभेन स्मार्टफोनको बारेमा जानकारी हो वा यस्तै किसिमको ग्यालेक्सी मेगा २ (Galaxy Mega 2)को नयाँ भर्सन हो भन्ने बुझ्नको लागि भने केहि समय कुर्नै पर्ने हुन्छ ।

easy care

प्रकाशित: २२ मंसिर २०७२, मंगलवार